चितवनमा मान्छे खाने बाघ नियन्त्रणमा

२१ बैशाख २०७९, बुधबार

भरतपुर । चितवन राष्ट्रिय निकुञ्जले मान्छे मार्ने बाघलाई नियन्त्रणमा लिएको छ । पूर्वी चितवनको कुमरोज मध्यवर्ती सामुदायिक वनबाट बाघ नियन्त्रणमा लिइएको हो ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार यही वैशाख १८ गते एक जनाको ज्यान लिएपछि बाघलाई नियन्त्रणमा लिइएको हो ।
सो क्षेत्रमा केही समय अघिदेखि रहेको यस बाघलाई पहिले नै नियन्त्रणको प्रयास गरिए पनि सफल हुन सकेको थिएन ।
थप शक्ति परिचालन गरेर सो बाधलाई नियन्त्रणमा लिइएको हो । अन्दाजी १० वर्षको भाले बाघलाई नियन्त्रणमा लिएर सौराहास्थित राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेको खोरमा राखिएको छ ।
बाघको आनीबानी हेरेर केही दिन थप निर्णय गरिने उहाँले जानकारी दिनुभयो । बाघ राख्न कसरा र सौराहामा खोर छ । सराका खोरमा दुईवटा बाघ रहेका छन् । एउटा बाँकेबाट ल्याइएको हो भने अर्को स्थानीय देवनगरबाट ल्याइएको हो ।
सूचना अधिकारी तिवारीका अनुसार विसं २०७८ असार ७ गतेदेखि हालसम्म बाघको आक्रमणमा परेर १२ जनाको ज्यान गएको छ ।
निकुञ्ज र वन क्षेत्रमा बाघले आक्रमण गरेको हो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment