वडाबासिको समस्या समाधान गर्न रातदिन खट्नेछुः युवा उम्मेद्वार भटटराई

  • गणेश घिमिरे
x
x


इलाम, २१ बैशाखः इलाम माईजोगमाई गाउँपालिका वडा नम्बर ४ मा नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेद्वार सुरेश भटटरलाईले वडाबासिले भोग्दै आएको स–साना समस्याहरु आफूले नजिकबाट बुझेकाले आफू वडाध्यक्षमा निर्वाचित भए वडाबासिमा परेका हरेक समस्याको समाधान गर्न आफू लागि पर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

यस्तै वडामा छुट्टीने बजेटलाई सही ठाउँमा पारदर्शि ढंगबाट काम गर्ने जनाउँदै गरिब, असाह्य, दलित, महिला, अपाङ्ग, युवाको क्षेत्रलाई बिशेष प्राथमिकतामा राख्ने जनाउनु भएको छ । उहाँले कृषि, स्वास्थ्य, सिंचाई, खानेपानी, खेलकुदको क्षेत्रको बिकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताउनुभयो । भटटराई सामाजिक क्षेत्रमा पनि यसअघि देखि नै सक्रिय हुनुन्छ ।

गरिब बिपन्न भएकालाई घर बनाउने, खानेपानीको पाइप बितरण गर्ने लगायतका कार्यहरु गर्दै आउनु भएको छ । युवा भएकाले पनि वडाबासिले भटटराईको उम्मेद्धारीप्रति वडाबासि हर्षित छन् । सामाजिक र राजनीतिक क्षेत्रमा सक्रिय भएर लाग्नु भएका भटटराईले आफू वडाध्यक्षमा निर्वाचित भएर वडाबासिको दुखमा मल्हम लगाउन आतुर भइसकेको बताउनुहुन्छ । 

यता नेपाली कांग्रेसबाट सूर्योदय नगरपालिका–१० को वडाध्यक्षका प्रत्यासी रोहित खड्काले आफु निर्वाचित भएमा सवै वडाबासीको निःशुल्क स्वास्थ्य बिमा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । जनताको सेवाका निम्ति आफुले उम्मेदवारी दिएको बताउँदै समाज रुपान्तरणको लागि विभिन्न संघसंस्थामा कार्य गरेपछि जनप्रतिनिधिको रुपमा समाजसेवामा आएको बताए ।

जनताप्रति बर्षौ देखि गरेकोे लगानीको कारण जित्ने आधार प्रशस्त भएको उहाँको दाबि छ । हाटबजार व्यवस्थापन, निःशुल्क स्वास्थ्य विमा लगायत कुराहरु आफूले गर्ने प्रतिबद्धता जनाउनुभयो ।


 


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment