माछा पोखरीमा डुबेर बालकको मृत्यु

 २१ बैशाख २०७९, बुधबार 


संखुवासभा। संखुवासभाको मादी मुलखर्क नगरपालिका–३ का टिकाराम बिश्वकर्माको ६ बर्षीय छोरा प्रबिन बिश्वकर्माको माछा पोखरीमा डुबेर मृत्यु भएको छ ।
घर नजिकै रहेको छिमेकीको माछा पोखरीमा डुबिरहेको अवस्थामा बालकककै आमाले देखि तत्काल उद्धार गरी मादी क्लिनिकमा लगिकोमा उपचारको क्रममा मृत्यु भएको भन्ने जानकारी पाए लगत्तै ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान भई रहेको उक्त कार्यालयले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment