‘समृद्ध देउमाई नगरपालिका निर्माण गर्न प्रतिबद्ध छु’: होम दुलाल


इलाम । नेपाली कांग्रेसको बौद्धिक नेता होम दुलाल देउमाई नगरपालिकाको मेयर पदकालागि गठवन्धनको तर्फवाट उम्मेदवार बनेका छन । समृद्ध नगर निर्माणका लागि दुलालको टिम प्रष्ट खाका सहित मतदाता माझ पुगीरहेको छ ।
मूख्यरुपमा अव्यवस्थित ढंगले निर्माण गरिएका सडकले नगरको सौन्दर्यतामानै आ“च आएको भन्दै सडकलाई वर्गिकरण गर्दै स्तरउन्नती गर्ने दुलालको भनाई छ । ‘सडक मापदण्ड निर्धारण नगरि सडकहरुलाई वर्गिकरण नगरी भत्काउने काम यो ५ वर्षमा भयो,’ उनले भने, ‘यसले कतिपयको घरवासै उठन अवस्था आयो भने पहिरोको जोखिम पनि उत्तिकै वढेको छ ।’ अव उप्रान्त योजनावद्ध ढंगले सडक निर्माणको कार्य गरिने छ ।
रणनीतिक महत्वका सडक, प्रशासनिक केन्द्र जोड्ने, व्यपारिक केन्द्र जोड्ने, कृषि सडक र पर्यटन गन्तव्य जोडने सडकलाई छुट्टाछुट्टै मापदण्डको आधारमा स्तरउन्नती गर्दै १२ महिना नै सञ्चालन गर्ने वनाइने योजना रहेको दुलालको भनाई छ ।
त्यस्तै अनियन्त्रित रुपमा करका दरहरु निर्धारण गरिएको वताउदै देउमाईमा देशमै महंगो कर प्रणाली लागू गरिएकोले यसलाई कर नीति वनाएर वैज्ञानिक र व्यवहारिक वनाउने उनको प्रतिवद्धता छ ।‘महंगिदो स्वास्थ्य उपचारको कारण नगरवासीलाई अत्यान्तै कठिन हु“दै गएकाले सहजरुपमा उपचारको व्यवस्था गर्ने काम प्राथमिकतामा राखिने छ,’ उनले थपे । नेता दुलाले रोजगारमूलक र शिपमूलक शिक्षा प्रणाली अवलम्वन गरिने बताउनु भयो । कृषि र पशुपालन क्ष्ँेत्रलाई आधुनिक प्रणाली अन्तर्गत उत्पादनमूखी वनाउदै रोजगारीको अवसरको सिर्जना गर्ने, एकिकृत पर्यटन गुरुयोजना वनाउने, पानीटार कुहिभिर, धप्पर गुम्वा, ठूलो लाली गुरा“स, रत्न सुरुङ, गुफाथुम्की, झ्याउ पोखरी, महागुरु फाल्गुनन्दले ज्ञान प्राप्त गरेको खत्रक्पा, अजम्वरे, जेटेश्वर महादेवथान, शिखरबाबा धामलगायत क्षेत्रको विकासमा ठोस पहल गर्ने उनको प्रतिवद्धता छ ।
नगरपालिकाभरका पर्यटकीय क्षेत्रमा वातावरणमैत्री पूर्वाधार विकास गर्दै व्यवसायिक पर्यटन गतिविधि सञ्चालन गर्नेलगायतका प्रतिवद्धता गठवन्धनको तर्फवाट मतदातासमक्ष जारी गरिएको छ । वालवालिका, महिला, जेष्ठ नागरिक, फरक क्ष्ँमताका व्यक्तिलगायत समाजका हरेक पक्षको हितमा कार्यक्रम सञ्चालन गरिने दुलालको भनाई छ ।
गठवन्धनको तर्फवाट उपमेयरको उम्मेदवार वनेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका राम राईले जनतालाई सेवा दिने शैलीलाई सहज र सरल बनाउने वताउदै नेतृत्वको इच्छाशक्तीका कारण नगरपालिकाले ५ वर्षमा आवश्यक काम गर्न नसकेको उनको आरोप छ । अव्यवस्थित कर प्रणालीलाई व्यवस्थित गर्ने, भ्रष्टचार र ढिलासुस्तीलाई अन्त्य गर्दै भूगोल सापेक्षित पूर्वाधार विकासका काम अघि बढाउने योजना रहेको उनले वताए ।
को हुन् होम दुलाल ? 
उनी बौद्धिकमात्र नभइ एक असल राजनीतिज्ञ हुन् । २०३६ सालदेखि नेविसंघका तर्फबाट पाँचथर जिल्लाका दर्जन बढी सभामा बहुदल पक्षीय वक्ता रहँदा उनले धेरैलाई जनचेतना जगाए । निरन्तर शिक्षासँगै राजनीतिमा होमिएका होम पद भन्दा जिम्मेवारीमा रमाउँदै गर्दा २०४६–४७ सालमा नेविसंघ इलाम जिल्ला सभापति बने । नेपालमा बहुदल ल्याउन दिनरात होमिने क्रममा जेलसमेत परेका उनी २०४७ सालमा नेपाल ट्रेड युनियन कांग्रेसको जिल्ला अध्यक्षसमेत भए । २०४८ सालमा नेपाली कांग्रेसको क्षेत्रीय सभापति भए । २०६० सालमा पार्टी जिल्ला सचिवमा निर्वाचित भए । स्पष्ट वक्ता भएकै कारण पटक पटक प्रशासनको गिरफ्तारी खेप्न पुगेका उनी विभिन्न चरणमा कांग्रेसको महाधिवेशन प्रतिनिधि  र महासमिति सदस्य भए । 
उनलाई पञ्चायतकालमा तीन वटा मुद्दासमेत लागे । सात महिना जेल सजाय भोगे । अध्ययनमा प्रखर उनी राजनीतिमा लाभ र लोभ दुवै नभएका कारणले नै आर्थिक उन्नति गर्न सकेनन् । उनका सहयात्रीहरु पैतृक सम्पत्तिसमेत राजनीति गरेकै कारण सकाएको बताउँछन् । निष्ठा र आदर्शको राजनीति गर्ने भएकैले चाकरी र चाप्लुसी गर्न नजानेका कारण उनी उच्च ओहदामा पुग्न नसकेकोसमेत उनी निकटकाहरु बताउँछन् । 
निगरानीबाट साभार
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment