१६ जेष्ठ २०७९, सोमबार
सुनसरीको इटहरी उपमहानगरपालिका–४ जनता टोलबाट पेस्तोल र लागूऔषध सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पेस्तोलसहितका ब्यक्तिहरुले लागूऔषध बेचबिखन गरिरहेको भन्ने बिशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले तीन जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा इटहरी उप–महानगरपालिका–४ का १९ बर्षीय धनबहादुर राई, २७ बर्षीय टिका राई र इटहरी–५ का २८ बर्षीय धनबहादुर राई रहेका छन् । उनीहरुको साथबाट प्रहरीले लेबल नलागेको लागुऔषध २४ एम्पुल र मिड इन युएसए लेखिएको पेस्तोल एक थान तथा सोही पेस्तोलको म्याग्जिन एक थान बरामद गरेको छ ।
लागूऔषध तथा पेस्तोलसहित पक्राउ परेका उनीहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

0 comments:
Post a Comment