आईपीएल २०२२को उपाधी गुजरात टाइटन्सलाई


इलाम, १६ जेष्ठः इन्डियन प्रिमियर लिग(आईपिएल) २०२२ को उपाधि गुजरात टाईटन्सले जीतेको छ । २००८ बाट शुरुभएको आईपिएलको यो १५ सिजनमा पहिलो सिजनको विजेता राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै उपाधि आफ्नो पक्षमा पारको हो । भरतिय अलराउण्डर हार्दिक पाण्ड्याको कप्तानीमा पहिलो पटक आईपिएल खेलेको गुजरातले आफ्नो पहिलो सिजनमानै उपाधि हाता परेको हो । 
हार्दिक पण्ड्याको कप्तानीमा रहेको गुजरातले टस हारेर बलिङको निम्तो पाएको थियो । निर्धारित २० ओभरमा राजस्थानले ९ विकेटको क्षतिमा १३० रन मात्र बनाउन सक्यो । सिरिजमा सर्वाधिक रन बनाउने जस् बटलर ३९ रन बनाउँदै हार्दिक पाण्डेको सटिक बलमा आउट भएका थिए । ओपनर यसयसवी जैसवाल २२ रन, कप्तान सन्जु सेमसोङ १४ रन र रियान पराग १५ रन बाहेक अन्यले सम्झन लायक स्कोर बनाउन सकेनन् ।
बलिङ तर्फ कप्तान हार्दिक पाण्ड्याले १७ रन दिएर ३ विकेट निकाले भने साई किसोरले २ विकेट, मोहमद समी, यश दयाल र रसिद खानले १/१ विकेट लिएका थिए ।

 
१३१ रनको झिनो लक्षको पिछा गर्न मैदनमा उत्रिएको गुजरातले ३ विकेटको क्षतिमा १८.१ ओभरमा लक्ष्य पुरा गरेको थियो । गुजरातको पनि  शुरुवात भने सुखद रहेन ओपनर ऋद्धिमान साहलाई प्रसिद्ध कृष्णले ५ रनको स्कोरमा र मेथ्थु वाइटलाई ट्रेड बोल्डले ८ रन बनउँदा आउट गरे । तेस्रो विकेटको लागि ओपन शुभमन गित र कप्तान हार्दिक पण्ड्याले ८६ रनको साझेदारी गर्दै खेल आफ्नो पक्षमा पारे । पाण्ड्या ३५ रन बनाउँदै युज्बेन्द्र चहालको सिकार भए । 
गुजरातको एकछोर समालेर बसेका शुभमन गिलले नटआउट ४५ रन बनाए । डेविड मिलरले अन्यमा ३२ रनको आक्रमक पारी खेले ।
राजस्थानको वलिङ तर्फ ट्रेड बोल्ड, प्रसिद्ध कृष्ण र युज्बेन्द्र चहालले १/१ विकेट निकाले । फाइनल खेलमा अलराउण्ड प्रदर्शन गरेका हार्दिक पाण्ड्या मेन अफ दि म्याच भए । 
२०२२ को सिजनमा १७ इनिङमा ८६४ रन बनाएउँदै जस बटलर सर्वाधिक रनबनाउने खेलाडी बने । आईपियल इतिहासमा उनी एक सिजनमा सर्वाधिक रनबनाउने दोस्रो नम्बरमा रहकेका छन पहिलो नम्बरमा बिराट कोहोली ९७३ रनका साथ पहिलो स्थानमा छन् उनले २०१६ को सिजना यो उपलब्धी हासिल गरेको थिए । त्यस्तै राजस्थानकै युज्बेन्द्र चहाल २७ विकेटका साथ यो सिजन सर्वाधिक विकेट लिने खेलाडी बने । आईपिएलको इतिहासमा सर्वाधिक उपाधि जित्ने टिम (मुम्बै इन्डियन्स ५ पटक र चेन्नाई सुपर किङस् ४ पटक) प्लेअफ बाटै वाहिरिए । ८ टीम सहभागि हुँदै आएको आईपिएलमा यो सिजन १० टीमको सहभागिता रहेको थियो । उपाधि चुम्ने गुजरात टाइटान्स र लखनउ सुपरजाईन यो सिजन थप गरिएका टिम हुन ।  


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment