लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त पक्राउ



लुटपाट पश्चात हत्या गरी फरार रहेका अभियुक्त सिन्धुली दुधौली नगरपालिका-१ डकाहा घर भएका २६ वर्षीय प्रकाश तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं महानगरपालिका-१५ भगवान पाउ नजिक सडक किनारमा ललितपुर महालक्ष्मी नगरपालिका-८ लुभु घर भएका २८ वर्षीय नरेश कुमार गौतमलाई तिमिल्सिना लगाएतका दुई जना ब्यक्तिहरुले वैशाख २ गते लुटपाट पश्‍चात हत्या गरी फरार रहेकोमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखाको समन्वयमा गोरखा चुमनुब्री गाउँपालिका-३ जगतबाट प्रकाशलाई पक्राउ गरेको हो ।
उनलाई आवश्यक कानुनी कारवाहीको लागी प्रहरी वृत्त स्वयम्भुमा पठाइएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment