इलामको रोङमा उमेद्वारको आ–आफ्नै प्रतिवद्धताः टोलको मुहारमात्रै हैन नाम पनि फेरिदिने

  • गोबिन्द पौडेल 

रोङ, २२ बैशाखः स्थानिय चुवानआउन एकसाता मात्रै रहेको बेला  दलका नेता तथा कार्यकर्ताहरुको दौडधुप चलेको छ ।  इलामको रोङ गाउपालिकाको निक्कै चर्चामा रहेको वडा नं ६ मा राजनतिक दलहरुले बिरासत तोड्न र वर्चस्व कायम गर्नको लागि समेत दौडधुपमा लाग्दा अन्य वडाहरुमा भन्दा यहाको माहोल निक्कै तातेको हो । 
प्रजातन्त्रको स्थापना कालदेखी कमनिस्टहरुको वर्चस्व रहेकोमा २०७४ सालको स्थानिय निर्वाचनमा त्यो बिरासत तोडेर  वडामा पूरै प्यानल सहित रोङ गाउपालिकाको अध्यक्षले समेत नेतृत्व गरेको र अहिले पनि नेपाली काग्रेसका तफैबाट अध्यक्ष र उपाध्यक्षको उमेद्वारी समेत सोही वडाबाट भएको कारण रोङ ६ जिर्मले चुनावी माहोल तातेको हो ।
अहिले रोङको उक्त वडामा नेपाली काग्रेको तर्फबाट नेकपा समाजबादीसगको गठबन्धनमा निवर्तमान वडा सदस्य केशर प्रधानको टिम मैदानमा रहेको छ भने नेकपा एमालेको तर्फबाट सत्यम राईले नेत्ृत्व गरेको टिमबिच कडा प्रतिस्पर्धा हुने भएको छ । 
नेपाली काग्रेसले मतदाताहरुको बिचमा चुनाबी प्रतिबद्धता पत्र लिएर बिगतमा गरेको कामहरुलाइ निरन्तरता दिदै, अधुरो योजनालाई पूर्णता दिने र नागरिकहरुको आवश्यक्ता र मागको आधारमा बिकास निमार्णका कामहरु अगाडी बढाएर लैजाने कार्यक्रमहरु मतदाता समक्ष गरेको छ भने नेकपा एमालेले बिगतमा निर्वाचित जनप्रतिनिधिहरुले केही काम नगरेको कारण पिछाडी परेको टोलहरुको मुहार परिवर्तन गर्ने मात्रै हैन  अहिले प्रचलनमा ल्याएको नाम समेत परिवर्तन गर्ने भएको छ । 
अहिले प्रचलनमा रहेको करसोङ पदमार्गलाइ करसोङ सास्कृतिक पदमार्ग, साबिक रोङ ६ मा रहेको टोलहरु भुडेसरा , रमभेडे, वादीटोल र साबिक जिर्मले ४ मा रहेको गुहेले गाउको नाम परिवर्तन गरेर बम्जन टोल बनाउने घोषण गरेको छ । 
स्थानिय प्रचलन अनुसार पहिला ठूलो गुहेलोको रुख रहेको कारण गुहेले गाउ, रमभेडा प्रसस्त फल्ने भएको कारण रमभेडे, कुनै एक देवानी मुद्दामा बादीहरु रहेको गाउ बादीगाउ र एक प्रजातीको  भूडेकोदो फल्ने भएको कारण भूडेसरा रहेको बुढापाकाहरु बताउछन । 
देश संघिय संरचना गएर सात प्रदेश बनेको पाचबर्ष सम्म पनि कतिपय प्रदेशहरुको नामाकरण हुन नसकेको बेलामा स्थानिय स्तरमानै बिकासको गति सगै टोलको नाम परिवर्तन सम्मको धारणलाई अति महत्वकाक्षी  नाराको रुपमा लिएको छ । नेपाली कांग्रेसवाट रोङका अध्यक्ष समसेर राई वर्तमान कांग्रेसकै अध्यक्षका उमेद्वार मनिकुमार तामाङ्ग र उपाध्यक्ष कल्पना भण्डारीको वडा रहेको जिर्मलेमा चारवटा मतदान केन्दमा ३ हजार ६ सय ४७ मतदाताहरु रहेका छन् ।
जसमा कुवापानी मतदान केन्द्रमा १ हजार ३ सय ३६, मोतिराम माध्यमिक विद्यालयको केन्द्रमा ९ सय ३५ , सरस्वती माध्यमिक विद्यालयको मतदान केन्द्रमा १ हजार १ सय १३ र पाटापूर आधारभूत विद्यालयको मतदान केन्द्रमा २ सय ६३ मतदाता रहेको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment