बलात्कार आरोपित भक्त राई महाकुलुङमा एमालेको उम्मेदवार

सोलुखुम्बु । स्थानीय तहको आसन्न निर्वाचनमा नेकपा (एमाले), महाकुलुङले गाउँपालिकाको अध्यक्ष पदका लागि भक्त राईलाई उम्मेदवार बनाएको छ । तर, चरित्रका हिसाबले उम्मेदवार राई पतित देखिएका छन् । पूर्व पत्रकार समेत रहेका अध्यक्षका उम्मेदवार राईमाथि यसअघि बलात्कारको मुद्दा लागि दुई दिनसम्म हिरासतमा बसेका थिए ।

मोरङमा रहेर पत्रकारिता गरेका राईले समाचार प्रमुख भएर कार्यरत बि.एम.एमको समाचार वाचिका रश्मी कुमारी (नाम परिवर्तन)माथि बलात्कारको प्रयास गरेका थिए । २०६९ माघ ६ गते शनिबारका दिन एफएमको समाचार सम्पादन कक्षमा राईले बलात्कारको प्रयास गरेका थिए ।

भक्त राई

तर, रश्मी उनको पन्जाबाट फुत्किएर नेपाल पत्रकार महासंघ र प्रहरी समक्ष पुग्न सफल भएकी थिइन् । रश्मीले ०६९ माघ १० गते जिल्ला प्रहरी कार्यालय, मोरङमा जोशेरी दिएकी थिइन् । रश्मी ०६९ असार १ गतेबाट उक्त एमएममा कार्यरत रहेकी थिएन् ।

घटनाको दिन रश्मी बेलुकी ६ बजेको समाचार वाचन गरेर आफ्नो स्कूटीको हेल्मेट लिन भनि समाचार सम्पादन कक्षमा छिरेकी थिइन् । सोही मौकामा राईले उनीमाथि बलात्कारको प्रयास गरेका थिए । उक्त कक्षमा बलिरहेको बति अचानक निभाई बेलुकी ६ः३० बजे राईले यस्तो घटना घटाएका थिए ।

भक्त राई तत्कालीन विराटनगर उपमहानगरपालिकाको वडा नं. ७, शान्ति चौकस्थित बि.एफ.एमका समाचार प्रमुख रहेका थिए भने सोही एफ.एमका समाचार वाचिका रश्मीमाथि उनले बलात्कारको प्रयास गरेका थिए । रश्मीले जिल्ला प्रहरी कार्यालयमा दिएको जाहेरी–दरखास्त अनुसार राईले रश्मीमाथि अन्य समयमा समेत करणीका लागि प्रस्ताव गरेको र म्यासेजमार्फत समेत जिस्क्याउने तथा यौन दुराचारको प्रयास गरेका थिए ।

त्यसबेला राई एमाले निकट पत्रकारहरुको संगठन प्रेस चौतारी मोरङका सचिव रहेका थिए । लामो समय पत्रकारिता गरेर प्रत्यक्ष राजनीतिमा आएका राई किरात राई पत्रकार संघका केन्द्रीय महासचिव समेत रहेका छन् ।

नैतिक चरित्रको प्रश्न चिन्ह बोकेर चुनावी मैदानमा उत्रिएका राईलाई एमालेले विश्वास गरेको देखिन्छ । तर, मतदाताहरुले उनलाई अनुमोदन गर्छन् या चुनावी मैदानबाट बाहिर राख्छन्, त्यो थाहा पाउन भने बैशाख ३० मा सम्पन्न हुने निर्वाचनको परिणाम नै कुर्नुपर्ने हुन्छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment