अध्यक्ष ओली र उपाध्यक्ष नेम्वाङले किरात धर्मगुरु लिङ्देनबाट लिए आशिर्वाद

२२ बैशाख २०७९, बिहीबार

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले किराँत धर्मगुरु आत्मानन्द लिङ्देनमार्फत आर्शिवाद लिएका छन् ।
चुनावी सभालाई सम्बोधन गर्न इलामा जाने क्रममा उनीहरुले इलामको माङ्सेबुङको लारुम्बास्थित गुरुनिवासमा पुगेर ओली र नेम्वाङले आशिर्वाद लिएको बुझिएको छ ।
बुधबार अध्यक्ष ओली इलाम र झापाको विभिन्न स्थानहरुमा चुनावी सभालाई सम्बोधन गर्न त्यसतर्फ गएका थिए । सो क्रममा उनीहले किरात धर्मका गुरु लिङ्देनसँग आशिर्वाद दिएको हुन् ।
किरात धर्मालम्बीहरुको आस्थाको केन्द्रसमेत रहेको माङ्सेबुङमा विगतमा राष्ट्रपति विद्यादेवी भण्डारी लगायत पार्टीको उच्च नेताहरुसमेत आशिर्वादका लागि माङ्सेवुङ आउने गरेका छन् ।
गुरु लिङ्देनले दिएको आशिर्वाद लाग्ने र सफलता मिल्ने विभिन्न दलका नेताहरुलेसमेत भन्ने गरेका छन् । आन्मनन्द लिङ्देनलाई किराँत धर्म दर्शनका व्याख्याता तथा बिसौं शताब्दीका महान सुधार मुहिगुम अङसीमाङ फाल्गुनन्द लिङ्देनको पुनः अवतारका रुपमा किरातीहरुले मान्दै आएका छन् ।
पूर्वी पहाडी जिल्लाका साथै झापा, मोरङ, र सुनसरीमा समेत ठूलो मात्रामा किरात धर्मका अनुयायीहरु रहेका छन् ।
यसअघि ओली नेतृत्वको सरकारले महागुरु फाल्गुनन्दको जन्मजयन्तीका दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment