वडाध्यक्ष उम्मेदवारका बाबुमाथि खुकुरी प्रहार


धनुषा । धनुषाको कमला नगरपालिकाका वडाध्यक्षका उम्मेदवारका बाबुमाथि धारिलो हतियार प्रहार भएको छ ।

नगरपालिकाको वडा नम्बर १ मा वडाध्यक्षका उम्मेदवार सर्वदेव यादवका ७० वर्षीय बुवा चन्द्रनारायण यादवलाई बुधबार राति घरमै अज्ञात समूहको धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका छन् । उनको अवस्था चिन्ताजनक रहेको धनुषा प्रहरीले जनाएको छ ।

वडाध्यक्षका उम्मेदवार यादवले खुकुरी र चक्कुसहित अज्ञात समूह आफूलाई आक्रमण गर्न आएको तर बुवामाथि आक्रमण गरेको बताए ।

घाइते यादवको उपचार जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा भइरहेको धनुषा प्रहरी नायब उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले बताए । उनको शरीरमा २० भन्दा बढी ठाउँमा टाँका लागेको बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment