‘समृद्धीको आधार पर्यटन’ तुलाराम गुरुङ : उम्मेदवार सन्दकपुर गाउँपालिका


इलाम । आसन्न स्थानीय तहको निर्वाचनकालािग सन्दकपुर गाउपालिका प्रमुखको मूख्य दावेदारकोरुपमा रहेका तुलाराम गुरुङ यतिबेला मतदाताका घरघर पुगेर समृद्ध सन्दकपुर निर्माणकालागि आफ्ना योजना वताइरहेका छन् । अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले वर्चस्व जमाएको यो पालिकामा यो पटक भने नेतृत्व परिवर्तनकालागि नेपाली काग्रेसवाट अध्यक्षको उम्मेदवारी पाएका गुरुङले गठवन्धनको नेतृत्व गरेका छन् ।
गठवन्धनको तर्फवाट सन्दकपुरमा उपाध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीका हरि लुङगेली छन् । ५ वटा वडा मध्ये वडा नं ३ सुलुवुङ र वडा नम्वर ५ जमुना नेपाली का“ग्रेसका उम्मेदवार वडाध्यक्षकालागि प्रतिष्पर्धा गर्दै छन् । त्यस्तै वडा नं ४ मावुमा जनता समाजवादी, वडा नं १ माइपोखरीमा नेकपा माओवादी केन्द्र र वडा नं २ माइमझुवामा एकिकृत समाजवादीका उम्मेदवार गठवन्धनवाट चुनाव लडिरहेका छन् ।
लामो समयसम्म निश्कलंक सामाजिक र राजनीतिक जीवन व्यतित गरेका तुलाराम गुरुङको पक्षमा यतिवेला जनलहर देखिएको छ । टोलटोलदेखि सामाजिक संजालसम्म उनकै चर्चा चुलिएको छ । विभिन्न सामाजिक संघ संस्थामा र पार्टीमा कृयाशिल रहदा शालिनताको पर्याय वनेका गुरुङ जीतपछि समृद्ध सन्दकपुरको खाका कोर्नमा कुनै कन्जुस्याई नगर्ने दावी गर्छन् । सन्दकपुरको पार्टी सभापति समेत रहेका गुरुङ पर्यटकीय क्षेत्रको वातवरण मैत्री विकासस“गै देशी विदेशी पर्यटक ल्याएर समग्र पालिकालाई समृद्ध वनाउन कठिन नहुने हिम्मत राख्छन् ।
जिल्लाकै अग्लो सन्दकपुर डाँडासहित रामसार क्षेत्रमा सूचिकृत माइपोखरी, स्थानीयले संरक्षण र विस्तार गरेर जिल्लाकै अव्वल गन्तव्यकोरुपमा विकास हु“दै गएको ढापपोखरी, जैविक विविधताले धनि हाँगेथाम, मावुथाम, चोयाटार, छिन्टापु, जिल्लाकै अग्लो टोड्के झरनालगायतका थुप्रै पर्यटकीय क्षेत्रस“गै धार्मिक र सांस्कृतिक क्षेत्रकाे विकासमा प्रश्ट योजना रहेको उनको भनाई छ ।
‘यी क्षेत्रको विसकासकालागि यसअघि जिम्मेवारीपूर्वक काम नै हुन सकेन,’ गुरुङले भने, ‘अव हरेक क्षेत्रमा स्थानीयको जीविकोपार्जनमा मद्धत पुग्नेगरि वातावरणीय पक्षलाई ख्याल गर्दै विकासका गतिविधि सञ्चालनमा ल्याइने छ ।’ गुरुङले पालिकामा अहिलेसम्म कतै पनि कालोपत्रे सडक नभएको र त्यसकालागि ठोस पहलसमेत नभएको वताउदै सदरमुकाम र हरेक वडावाट पालिका भवन जोड्ने सडकको स्तरउन्नतीकालागि विषेश ध्यान पुर्याउने दावी गरे । खानेपानी, शिक्षा, स्वास्थ्य, कृषि, पशुपालन, जडिवुटी, महिला, जेष्ठनागरिकलगायतका हरेक पक्ष अनि भौगोलिक विकटतमा कष्टकर जीवन व्यतित गर्नेहरुकालागिसमेत ठोस कार्यक्रम ल्याउने योजना गुरुङको छ ।
यसअघि नेकपा एमालेको वर्चस्व रहँदा पालिकामा ठोस उपलब्धी नभएकाले आफूले सम्पूर्ण समय पालिकाकालागि व्यतित गर्दै देखिने किसिमको सकारात्मक परिवर्तन गर्ने दावी गरे । ऐतिहासिक जमुना वजार, जौवारी वजार, देउराली वजारलगायको व्यवस्थित विकासकालागि पनि काम गर्ने उनको प्रतिवद्धता छ ।
जिल्लाकै उत्तरी भारतको दार्जिलिङसग सीमा जोडिकएको सन्दकपुर गाउँपालिका लोपन्मूख रेडपाण्डा, दुर्लभ काँडेभ्याकुरलगायतका धेरै प्रजातिका जंगली जनावार, पंक्षि र जैविक विविधताले भरिपूर्ण क्षेत्र हो ।
तर यस क्षेत्रको दिर्घकालिन योजना बन्न नसक्दा जैविक विविधता पनि पूर्वाधार विकासका कारण संकटमा पर्दै गएको उनको चिन्ता छ । ‘यहा“का जैविक महत्व जोगाउनु पनि हाम्रो दायित्व हो,’ उनले भने ‘वातावरण मैत्री विकास नै अहिलेको आवश्यक्ता हो ।’ लामो समयसम्म शिक्षण पेशामा आवद्ध गुरुङ २०४६ को पञ्चायत विरोेधी आन्दोलनपछि नेपाली का“ग्रेसको सकृय राजनीतिमा लागेका हुन् । पार्टीका हरेक तहतप्कामा काम गर्दै भरखरै सम्पन्न का“ग्रेसको अधिवेशनवाट पालिका सभापतिमा उनी चुनिए । 
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष, कोषाध्यक्ष पदमा कुशल जिम्मेवारी निर्वाह गरेका गुरुङ साविक माइझुवा गाविसको पर्यटन समितिका अध्यक्ष हुन् ।
पालिका उपाध्यक्षमा गठवन्धनकोतर्फवाट उम्मेदवार वनेका हरि लुङ्गेली यस अघि नेतृत्वकै कारण पालिकामा चाहेको विकासे गतिविधि सञ्चालन गर्न नसकेको वताउछन् । ‘आफू कार्यपालिका सदस्य भएर पनि निरिह बनाइयो,’ उनले भने, ‘अव त्यो अवस्था रहने छैन ।’ २०७४ को स्थानीय तहको निर्वाचनमा नेपाली का“ग्रेसले कुनै पनि पदमा जित हासिल नगर्दा पालिकाको विकास र समृद्धि नै धरापमा परेको स्थानीय वताउछन् । नयाँ बुलन्दबाट
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment