स्थानीय र पश्चिमी वायुका साथै ‘असानी’ चक्रवातको प्रभाव, मुलुकभर मौसम खराब

२७ बैशाख २०७९, मंगलवार

काठमाडौँ । आज पनि मौसम खराब रहेको छ । अहिले नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभावका साथै चक्रवात दक्षिण बंगालको खाडीमा विकसित चक्रवात ‘असानी’ को आंशिक प्रभाव रहेकोले मौसम बदली भएको हो ।
सोही प्रभावका कारण हाल मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा सामान्य बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । साथै सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यस्तै राति पनि प्रदेश १ तथा मधेश प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको पूर्वानुमान छ । यस क्रममा प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
भोलि बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ । जसअनुसार प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा नै जारी रहनेछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment