विमानस्थल हड्ताल गर्ने ठाउँ होइन : महानिर्देशक अधिकारी

७ असार २०७९, मंगलवार


काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका छन् । मंगलबार प्राधिकरण कार्यालयमा पत्रकार सम्मेलन गर्दै महानिर्देशक अधिकारीले हवाई सेवा अत्यन्तै महत्वपूर्ण सेवा भएकाले विमानस्थल हड्ताल गर्ने ठाउँ नभएको बताएका हुन् ।

उनले निजी वायुसेवा सञ्चालकहरु पनि अत्यन्तै जिम्मेवार भएकाले हवाइ उडान बन्द गरी नहाल्ने विश्वास रहेको बताए । महानिर्देशक अधिकारीले हड्ताल कहाँ–कहाँ गर्न पाइन्छ, कहाँ–कहाँ गर्न पाइँदैन भन्ने सबै नेपाली नागरिक थाहा भएको भन्दै सञ्चालकहरुलाई सचेत गराए ।

उनले वायुसेवा सञ्चालक आफूहरुले भनेको काम गर्न पाइनँ भने बन्द गर्ने धम्की नगर्न आग्रह गरे । प्राधिरकणले २०५७ सालबाट अहिले १ सय रुपैयाँ सेवा शुल्क बढाउँदा बढी हुने तर हवाई भाडा २५ सयबाट १० हजार पुग्दासमेत कसैले बिरोध नगरेको उनले बताए । महानिर्देशक अधिकारीले हवाई जहाज धनीले मात्रै चढ्ने भएकाले कसैले विरोध नदेखिएको समेत बताए ।

उनले भने, ‘मलाई लाग्दैन व्यवसायी साथीहरुले उडान बन्द गर्नुहुन्छ । उहाँहरु अत्यन्तै जिम्मेवार हुनुहुन्छ । उहाँहरु जिम्मेवारी पूर्वका प्रश्तुत हुनुहुनेछ । यो अतिआवश्यक सेवा हो । हड्ताल कहाँकहाँ गर्न पाइन्छ । कहाँकहाँ गर्न पाइँदैन नेपाली नागरिक सबैलाई थाहा छ । गर्नुहुन्न भन्नेमा म विश्वस्त छु । तर सबै कुरा आफूले गर्न पाइनँ भने म बन्द गरिदिन्छु भन्ने धङ्धङ्गे धम्की नपाल्दा हुन्छ । काठमाडौंबाट २०५७ सालमा विराटनगर गएको भाडा २५ सय रुपैयाँ थियो । आज १० हजार रहेको छ ।’

उनले थपे, ‘प्राधिकरणले ०५७ सालमा २ सय रुपैयाँ लिएको थियो । अहिले ३ सय रुपैयाँ लिन्छ । क्षमता बढी भयो । वायु कम्पनीले २५ सय बाट १० हजार पु¥याउँदा कोही बोलेको छैन । जहाज चढ्ने भनेको पैसा भएका मान्छे चढ्ने रहेछन् । कसैले बिरोध गरेको छैन । गाडी भाडा बढ्द आन्दोलन हुन्छ ।’

त्यस्दै महानिर्देशक अधिकारीले एउटै विमानस्थलमा सबै वायुसेवाको जहाज राख्न त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल रत्नपार्क नभएको बताए । उनले सबै विमान कम्पनीहरुले विमान थप्दै जाने हो भने विमान कसरी चलाउने भन्दै प्रश्नसमेत गरे ।

अधिकारीले विमानस्थल स्ट्याण्र्ड पार्किङ गर्ने ठाउँ भएकाले एउटै ठाउँमा उडान, पार्किङ हुँदा असहजता बढ्दै गएको बताए । उनले वायुसेवा कम्पनीहरुलाई उडान, पार्किङ भन्दा पनि नीतिमा सहमति गर्न आग्रह गरे । उनले वायुसेवा कम्पनी पनि क्षमता र उडान समय थप्दै जानुपर्ने आवश्यकता रहेको बताए । अधिकारीले कम्पनीहरुले लाइलटहरु थपेर सेवालाई सुरक्षित बनाएमात्रै मुलुकको आर्थिक विकास रोजगारी सिर्जना हुने बताए ।

उनले भने, ‘निजी वायुसेवा कम्पनीहरुले ६ बजे भन्दापछि थप पैसा तिरेर विमान सेवा दिइरहनु भएको थियो । हामीले तपाईहरु नतिर्नुस् हामी नै १२ बजेसम्म विमानस्थल खुल्ला राखिदिन्छौं भन्दा होइन १२ बजेसम्म हामी कहाँ चलाउने भन्नुभयो । जबकी उहाँहरुले पैसा बढी तिरेर चलाइराख्नु भएको थियो । यो के हो भने वायु कम्पनीहरुको पाइलट र एयरहोस्टेजको त्यही अनुसारको क्षमता ल्याउन सक्नुभएन । किनकी उहाँहरुसँग दुई सिफ्ट मात्रै छ । १२ बजेसम्म ६ घण्टा बढी विमान चलाउन तेस्रो सिफ्टमा फ्लाइलट बढी चाहियो । हाम्रो यो निर्णयले स्वदेशमा रोजगारीको अवसर पनि खोल्छ । कम्पनीहरुले पाइलट थप्नुप¥यो । क्षमता वायुसेवा कम्पनीहरुले पनि विकास गर्नुप¥यो ।’

उनले फेरि भने, ‘१८ घण्टा र २४ घण्टा विमानस्थल चलाउँदा प्राधिकरणले वार्षिक रुपमा ५० करोड खर्च गरेको अवस्था छ । कसको लागि खर्च गरेको छ, वायु कम्पनीहरुले काठमाडौंबाट नै सेवा दिनुपर्ने, १७ वटा विमानको ठाउँमा ५१ वटा कोच्न पाउनुपर्ने, दुई सिफ्टबाट तीन सिफ्ट बढाउँदिन पाइलट थप्दिन, रोजगारी दिन्न भन्न पाउनुपर्ने हो । यो सबै गरेपछि हवाई सुरक्षा बढ्यो । क्षमता र देशको अर्थतन्त्र बढ्यो । यस्ता कुरामा कुनै ध्यान छैन । यो कुरा हामीले भनिदिनुपर्ने कुरा हो । तिमी चन्द्रगण्डी, धनगडी जाउ भनेर मैले भन्नुपर्ने कुरा हो । यी सबै कुराहरुले हवाई क्षेत्रको दीर्घकालीन रुपमा क्षमता विकास नगरी नहुने कुरा हो । ल भन्नुस् अब बुद्धएयरले जहाज थप्दै हुनुहुन्छ, यती वा अन्यले थप्दै हुनुहुन्छ । अहिले ५१ छ कोही बाहिर नजाने अब, १७ को ठाउँमा ६० बनाउने ? जहाज कसरी चलाउने त ? यो विमानस्थल स्ट्याण्र्डर पार्किङ गर्ने ठाउँ हो, यो रत्नपार्क होइन ।’

त्यस्तै महानिर्देशक अधिकारीले त्रिभूवन विमानस्थलको आन्तरिक तर्फको क्षमता १७ वटा विमान बस्ने भएको बताए । उनले १७ वटा क्षमता हुँदाहुँदै अहिले ४० वटासमेत विमान राखिने गरेको बताए । पार्किङ समस्या रहेकाले अब नेपालमा रहेका पूर्वदेखि पश्चिमसम्मका विमानस्थलमा ६६ प्रतिशत विमान बाहिर लगिने उनको भनाइ छ ।

अधिकारीले विमान कम्पनीहरुले जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा जानुपर्ने स्पष्ट पारे । उनले जुन विमान र होलिकोप्टर कम्पनीले एओसी लिने समयमा जुन स्थानका लागि बेस लिएका हुन् सोही स्थानमा राख्नुपर्नेमा क्यान स्पष्ट रहेको बताए ।

उनले भने, ‘हाम्रो आन्तरिक विमानस्थलको क्षमता भनेको १७ वटा विमान बस्नसक्ने मात्रै हो । तर आज हाम्रोमा ३८ देखि ४० वटा जहाँ बसेको छ । एउटा जहाज नउडेसम्म अर्को जहाज उड्न नपाउने, जहाजलाई घिसारेर ल्याएर राख्नुपर्ने, पखेटा पखेटा ठोक्किने गरेको छ । हामी धेरै संवेदनशील क्षेत्रमा छौं । हवाई सुरक्षामा हामीले ध्यान दिनुपर्छ । केही भयो भने त्यसको जिम्मेवारी प्राधिकरणले बोल्नुपर्छ ।’

उनले फेरि भने, ‘अहिले जहाँ रात्रिकालीन विमानस्थल राख्नसक्ने क्षमता छन् । त्यो विमानस्थलको क्षमता अनुसार राखिनेछ । टीआईएमा ३३ प्रतिशत विमान राख्नसक्ने क्षमता छ । जसमा ६६ प्रतिशत विमान बाहिर चन्द्रगण्डीदेखि धनगडीसम्म राख्नुप¥यो ।’

महानिर्देशक अधिकारीले प्राधिकरणको निर्णय कुनै एउटा कम्पनी वा व्यक्ति विशेष नभएर समग्रलाई भएको बताए । उनले यो निर्णयले वायुसेवा व्यवसाय नै धरासाय हुने भयो भने प्राधिकरण सहयोग गर्न तयार रहेको बताए । अधिकारीले विमान कम्पनीहरुले प्राधिकरणको निर्णयमा कोशिस गर्नुपर्ने बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment