झापा, मोटरसाइकल चोरीमा सम्लग्न गिरोहले नाबालकको प्रयोग गर्दै झापाका बिभिन्न ठाउँबाट मोटरसाइकल चोरी गर्ने गरेको तथ्य खुलेको छ ।
सप्तरीको टिकुली नगरपालिका ५ निवासी २७ वर्षीय करण महमदले झापाका दुई स्थानमा ग्यारेज सञ्चालन गरेर मोटरसाइकल चोरीमा नाबालकको प्रयोग गर्ने गरेको प्रहरीले फेला पारेसंगै यस्तो तथ्य खुलेको हो ।
केही समय यता बिर्तामोड नगरपालिका सहित आसपासका क्षेत्रमा मोटरसाइकलको चोरी बढेसंगै प्रहरीले एक साता लगाएर गरेको अनुसन्धानका क्रममा ग्यारेज सञ्चालक महमदले १६ वर्षभन्दा मुनिका बालकको प्रयोग गर्दै मोटरसाइकल चोरी गर्ने गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक वशन्त पाठकले जानकारी दिनुभयो ।
आज (विहीबार) इलाका प्रहरी कार्यालय अनारमनीमा पत्रकार सम्मेलनको आयोजना गर्दै चोरीका १२ वटा मोटरसाइकल सहित चोरीमा सम्लग्न दुई नाबालक सहित ८ जनालाई प्रहरीले सार्बजनिक गरेको छ । उनीहरुलाई झापाका विभिन्न स्थानबाट चोरीका मोटरसाइकल सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगम वहादुर कुँवरले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा ग्यारेज सञ्चालक महमद सहित बिर्तामोड ५ का १८ वर्षीय करण मण्डल, बिर्तामोड ३ का १९ वर्षीय कुमार राजवंशी, अर्जुनधारा ८ का १८ वर्षीय समिर मिया, गौरीगञ्ज गाउँपालिका ५ का १८ वर्षीय ओम प्रकाश यादव , इलामको चुलाचुलीका १८ वर्षीय राहुल श्रेष्ठ र दुई नाबालक रहेका छन् ।
चोरीमा सम्लग्नहरुले रातको १२ वजेदेखि विहानको ४ बजेसम्मको अवधिमा मोटरसाइकल चोरी गरेर ग्यारेजसम्म पु¥याउने गरेको प्रहरीले जनाएको छ ।
ग्यारेज सञ्चालक महमदले अर्जुनधारा ८स्थित कदमगाछीमा रहेको अशोक बिहारीको घर र अर्जुनधारा १० स्थित विमल हुँमगाईको घरमा छुट्टा छुट्टै दुईवटा मोटरसाइकल ग्यारेज सञ्चालन गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।
ग्यारेज सञ्चालक महमदले चोरिएका मोटरसाइकलका नम्वर प्लेटसहित इञ्जिन समेत परिर्वतन गर्दै पूर्वी पहाडी जिल्ला तथा ग्रामीण क्षेत्रमा रहेका सर्बसाधारणलाई बिक्री गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको प्रहरी नायव उपरीक्षक कुँवरले बताउनुभयो ।
प्रहरीले बरामद गरेका १२ वटा मोटरसाइकलमध्ये चारवटा पल्सर, चारवटा हिरो होन्डा र बाँकी चारवटा यामाहा, अपाचे, होन्डा र सुजुकी ब्रान्डका रहेका छन् ।

0 comments:
Post a Comment