इलाममा जसपा नेता राम कुमार लिम्बू नेपाली कांग्रेस प्रवेश !

१ फाल्गुन २०८२, शुक्रबार


इलाम : जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) का इलाम जिल्ला कोषाध्यक्ष तथा इलाम प्रदेश सभा क्षेत्र २ (क) का उम्मेदवार रहेका भएका राम कुमार लिम्बूले पार्टी परित्याग गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेका छन।
पार्टीभित्रको लामो राजनीतिक यात्रापछि लिम्बूले आफ्नो आगामी राजनीतिक यात्रा नेपाली कांग्रेसमार्फत अगाडि बढाउने घोषणा गरेका हुन । सदरमुकाम इलाम बजारमा एक कार्यक्रमबीच उनलाई कांग्रेसका जिल्ला तथा क्षेत्रीय नेताहरूले स्वागत गर्दै पार्टीको सदस्यता प्रदान गरेका थिए। लिम्बू सहित दर्जनौं पाटी प्रवेश गरेका हुन । लिम्बुले जसपा बाट २०७९ सालको निर्वाचनमा एक हजार बढी मत प्राप्त गरेका थिए ।
लिम्बूले आफूले समावेशी लोकतन्त्र, विकास र जनअपेक्षाअनुसारको राजनीति गर्न कांग्रेस रोजेको बताए। “जनताको चाहना र वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै मैले यो निर्णय लिएको हुँ,” उनले भने ।
उनको प्रवेशसँगै प्रदेश सभा क्षेत्र २ (क) मा कांग्रेसको संगठन थप सुदृढ हुने विश्वास गरिएको छ। स्थानीय तहदेखि प्रदेशसम्मको राजनीतिमा सक्रिय भूमिका निर्वाह गर्दै आएका लिम्बूको आगमनले कांग्रेसलाई आगामी निर्वाचनमा समेत सकारात्मक प्रभाव पार्ने नेताहरूको भनाइ छ।
जिल्ला राजनीतिमा प्रभावशाली व्यक्तित्वका रूपमा चिनिएका लिम्बूको निर्णयले स्थानीय राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment