२०८२ फाल्गुन १ गते , शुक्रबार
बिर्तामोडमा लागूऔषध ब्राउन सुगरसहित चार जना पक्राउ परेका छन् । आज दिउँसो २:३० बजे बिर्तामोड नगरपालिका-२ कछुबारी बस्ने गोविन्द बस्नेतको घरमा लागूऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-९ बस्ने वर्ष ४२ का तिलक बुढाथोकी, बिर्तामोड-२ कछुबारी बस्ने वर्ष ४२ का गोविन्द बस्नेत, बिर्तामोड-३ बस्ने वर्ष ५२ का टंक गिरी र बिर्तामोड-४ बस्ने वर्ष २८ का उदय साह रहेका छन् ।
उनीहरूको साथबाट प्लास्टिक बाहेक ८ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर, ३ वटा स्क्रिन टच मोबाइल, नगद रु ६ हजार र २५ हजारको काटेको चेक बरामद भएको छ । लागू औषधसहित उनीहरूलाई इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:
Post a Comment