२०८२ फाल्गुन १ गते , शुक्रबार
झापा निर्वाचनको ‘इपिसेन्टर’ बनेपछि भद्रपुर विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गरी भद्रपुर-८ स्थित चन्द्रगढी विमानस्थलमा हिजोदेखि नेपाली सेना परिचालन गरिएको छ । विमानस्थलको टर्मिनलबाहिर सुरक्षा दिने गरी अरिदमन गण चारआलीका मेजरको कमान्डमा सेनाको एउटा नफ्री तैनाथ गरिएको हो । हाललाई २५ जनाको फौज विमानस्थलमा खटाएको जनाइएको छ ।
हिजोदेखि विमानस्थलको पेरिमिटर बाहिर सेनाले सुरक्षाको जिम्मा लिएको चन्द्रगढी नागरिक उड्डयन कार्यालयका प्रमुख किशोरकुमार खत्रीले बताए । उनले पेरिमिटरभित्रको सुरक्षा विमानस्थलको सुरक्षागार्डले गर्ने र बाहिरको सुरक्षा सेनाले हेर्ने जानकारी दिए । चन्द्रगढी विमानस्थलमा प्रहरी नायव निरीक्षकको कमान्डमा २५ जना प्रहरी विमानस्थलको सुरक्षागार्डको रुपमा खटिएका छन् ।
निर्वाचन नजिकिँदै गर्दा काठमाडौँबाट हवाई मार्ग हुँदै चन्द्रगढी विमानस्थलमा अवतरण गर्ने र सोही विमानस्थल हुँदै फर्किने राजनीतिक व्यक्तिहरूको सङ्ख्या बढ्दै गएको छ । झापा ५ मा उम्मेदवारी दिएका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली केही दिनभित्र चन्द्रगढी विमानस्थल हुँदै दुई पटक आएका थिए भने एक पटक काठमाडौँ फर्किएका थिए । त्यस्तै ओलीका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) एक पटक चन्द्रगढी विमानस्थल हुँदै आएका थिए ।
त्यस्तै झापा ३ मा उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन , उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ , इलाम २ का उम्मेदवार सुहाङ नेम्बाङ ,एमालेकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पनि सोही विमानस्थल प्रयोग गरेका छन् । करिब चार महिना दमक –९ स्थित मिनी दरबारमा बसेका पूर्वराजा ज्ञानेन्द्र शाह र उनका परिवारका सदस्यहरू पनि सोही विमानस्थल हुँदै राजधानी ओहोरदोहोर गरिरहन्छन् ।
सुरक्षा संवेदनशीलतालाई हेरेर सतर्कता अपनाइएको कार्यालय प्रमुख खत्रीले बताए । झापाका उम्मेदवारहरूले मात्र होइन ,इलाम, पाँचथर र ताप्लेजुङका उम्मेदवारहरूले समेत सोही विमानस्थल प्रयोग गर्छन् ।vदैनिक १८ सयको हाराहारीमा यात्रुहरू आउजाउ गर्ने यस विमानस्थल देशकै सातौँ ठुलो विमानस्थल मानिन्छ । त्यहाँ दैनिक १३ वटा विमानले उडान भर्ने गरेका छन् ।

0 comments:
Post a Comment