झापाको बिर्तामोडमा गाईसँग अप्राकृतिक यौन क्रियामा संलग्न भारतीय पक्राउ

फाल्गुन २, २०८२


झापा , झापाको बिर्तामोड नगरपालिका–२ चैतुबारीमा गाईसँग अप्राकृतिक यौन क्रिया गरिरहेको अवस्थामा एक जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार फागुन १ गते दिउँसो करिब २ः३० बजे चैतुबारी बस्ने कुसलाल राजवंशीको गाई सोही स्थानका रंजित राजवंशीको खाली खेतमा चर्दै गरेको अवस्थामा एक व्यक्ति गाईसँग करणी गर्दै गरेको देखिएको थियो। स्थानीयवासीले ती व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीलाई खबर गरेका थिए।
सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट प्रहरी नायब निरीक्षक विनोद श्रेष्ठको कमाण्डमा टोली खटिएको थियो। घटनास्थल सुरक्षित राखी संलग्न व्यक्तिलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारत, पश्चिम बंगाल, अलीपुरद्वार घर भई हाल बिर्तामोड–२ चैतुबारीस्थित कन्काई प्लाइ फ्याक्ट्रीमा कार्यरत अन्दाजी ३८ वर्षीय बिपुल रोय रहेका छन्।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी निरीक्षक प्रबिण श्रेष्ठको नेतृत्वमा टोली खटिएको थियो। आवश्यक कानुनी प्रक्रिया पूरा गरी उनलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment