इलाममा दिदी–बहिनीबीच झगडा, एकको मृत्यु

इलाम, फाकफोकथुम ।
Photo AI


इलामको फाकफोकथुम गाउँपालिका–१ ठिङगेपुरमा दिदी–बहिनीबीच भएको झगडामा एक महिलाको ज्यान गएको छ।
स्थानीयका अनुसार २९ वर्षीया अञ्जली लिम्बू र उनकी काकाकी छोरी ३७ वर्षीया पुष्पा लिम्बूबीच घरायसी विषयमा विवाद हुँदा झगडा भएको थियो। सामान्य भनाभनबाट सुरु भएको विवाद कपाल लुछालुछसम्म पुगेको र सोही क्रममा अञ्जली लिम्बू गम्भीर घाइते भएकी थिइन्।
घटनापछि उनलाई उपचारका लागि स्वास्थ्य संस्थातर्फ लैजाने प्रयास गरिएको भए पनि उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ।
घटनाबारे इलाका प्रहरी कार्यालयले अनुसन्धान प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाको वास्तविक कारण र विस्तृत विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
स्थानीयस्तरमा सामान्य पारिवारिक विवादले ज्यानै जाने दुखद घटना भएपछि ठिङगेपुर क्षेत्रमा शोक छाएको छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment