गोलिया काठ बोकेको ट्रक बुद्धशान्तिमा पल्टिदा चार जना गम्भीर घाइते भएका छन् । आज दिउँसो ३ बजे बुद्धशान्ति ५ गढीगाउँस्थित भित्री सडक खण्डमा ठुटेबरबाट मङ्गलवारेतर्फ जाँदै गरेको गोलिया बोकेको ना. ६ ख. ७९५४ न. को ट्रक आफै अनियन्त्रित भई रोडको बायाँ साइडमा पल्टिएको हो ।
दुर्घटनामा घाइते हुनेहरूमा ट्रक चालक अर्जुनधारा १० बस्ने वर्ष ४० का अणुकुमार चौधरी (छाती र टाउकोमा चोट अवस्था मध्यम) , सोही ठाउँ बस्ने वर्ष २८ का मुकेश मगर (दाहिने हात र दाहिने खुट्टामा चोट अवस्था मध्यम), वर्ष ३० का अमिर तामाङ (टाउको, देब्रे खुट्टा र नाकमा चोट बोल्न नसक्ने अवस्था गम्भीर) र वर्ष २२ का राकेश तामाङ (देब्रे खुट्टा र चिउँडोमा चोट बोल्न नसक्ने अवस्था गम्भीर) रहेका छन् । चारै जना घाइतेको बिर्ता सिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको छ । ट्रकमा लोड अनलोडको काम गर्ने मानिसहरू घाइते भएका हुन् । ट्रक घटनास्थलमा नै रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

0 comments:
Post a Comment