सगरमाथा आरोही इलामे चेलीलाई माईमा सम्मान

 १९ जेष्ठ २०७९, 


बिश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गर्नुभएकी इलामकी युवन्तिका तामाङलाई बुधबार माई नगरपालिकाले सम्मान गरेको छ।
सूर्योदय नगरपालिका वडा नं-१० फिक्कल निवासी युवन्तिकाले गत वैशाख-३० गते विहान ६:५० वजे सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको थियो।
विश्वको सर्वोच्च शिखर सगरमाथा सफल आरोहण गरेर विश्वकिर्तिमान कायम राख्न सफल भएकोमा माई नगरपालिकाले वहाँलाई कदरपत्र सहित सम्मान गरेको हो ।


माईका मेयर खम्बसिंह लिम्बुले साहसिक सगरमाथा आरोहण गरि इलामको गौरव, पहिचान, इज्वत र सम्मान राख्ने काम गर्नु भएको भन्दै आरोही तामाङको प्रशंसा गर्नुभएको छ। मेेयर लिम्बले सगरमाथा जो कोहीले चढ्ने कुरा कल्पना भन्दा वाहिर रहेको भन्दै व्याक्तिको लागि भन्दा राष्ट्रका लागि काम गर्नु भएको भनि फेरी पनि थप सफलताको कामना गर्नुभएको छ।
स्थानीय तह निर्वाचनका दिन सगरमाथा आरोहण गर्नुभएकी तामाङलाई माईको कार्यपालिका सदस्यको निर्बाचन सम्पन्न संगै बुधवार सम्मान गर्ने अबसर मिलेको प्रमुख प्रशासकीय अधिकृत गणेश अधिकारीले वताउनुभयो । सम्मान कार्यक्रममा उपमेयर हिमा भण्डारी, वडाध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य, स्थानीयवासी लगायले सम्मान गर्नुभएको थियो।
माई नगरपालिकाले सगरमाथा आरोहण गर्न तामाङलाई नगद ५० हजार रुपैयाँ समेत सहयोग गरेको थियो।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment