इलामकाे माईमा करुणाले गर्यो कार्यक्रम हस्तान्तरण, माईले विदाई

 २१ असार २०७९, मंगलवार 

इलाम । हेरचाहका लागि उत्प्रेरणा कार्यक्रमको हाल सम्मको समिक्षा सहित सम्पुर्ण कार्यक्रम माई नगरपालिकालाई हस्तान्तरण गर्दै करुणा फाउण्डेसन नेपाल वाहिरिएको छ।
सोमबार माई नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा २०७२ साल देखि सञ्चालन गरेको हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम र अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमको सम्पूर्ण स्वामित्व माई नगरलाई हस्तान्तरण गर्दै करुणा वाहिरिएको हो भने माई नगरपालिकाले मायाको चिनो सहित करुणालाई विदाई गरेको छ ।
समिक्षा तथा विदाई कार्यक्रममा माई नगरपालिका मेयर खम्बा सिं लिम्बुले अपाङ्गता भएका व्याक्तिलाई आगामी ५ बर्ष भित्रमा आत्मासम्मान सहितको जीवन जिउने अबस्थामा पुर्याउने जानकारी दिनुभयो। लिम्बुले करुणा फाउण्डेसनले गरेको अतुलनीय सहयोगको प्रंसङ्ग उल्लेख गर्दै आगामी दिनमा कुनै न कुनै माध्यमबाट सहकार्य रहिरहने प्रतिबद्धता समेत गर्नु भएको थियो।
अपाङ्गता समन्वय समितिका संयोजक तथा उपमेयर हिमा भण्डारीले अपाङ्गता संग सम्बन्धित कार्यक्रम प्रभाबकारी बन्दै लक्षित समुहमा यसको गुणात्मक सुधार आएको बताउनुभयो । संयोजक भण्डारीले आफ्नो परिवारमा समेत कार्यक्रमले विगत समयदेखि सहयोग गरेको भन्दै माईका अपाङ्गता लक्षित कार्यक्रम मार्फत आगामी दिनमा निरन्तरता दिने बताउनुभयो।


करुणा फाउण्डेसन नेपालका बरिष्ठ ब्यबस्थापक अजीत योञ्जनले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको समिक्षा कार्यक्रममा करुणा फाउण्डेसन नेपालका सहायक निर्देशक योगेन्द्र गिरीले इलाम जिल्लाको सफलताकै कारण प्रदेश सरकारले निरन्तरता दिएको बताउदै प्रदेश १ का ६ जिल्लामा निरन्तर अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालनमा रहेको जानकारी दिनुभयो। वहाँले कार्यक्रमको प्रभावकै कारण पेटमा रहेको वच्चाको अबस्था हेर्न, पाठेघरको मुखमा हुने सम्भावित क्यान्सर परिक्षण गर्न माई नगर भित्रै सकिने बताउनुभयो। सहायक निर्देशक गिरीले नव निर्वाचित मेयर लगायत जनप्रतिनिधि अपाङ्गता मैत्री संरचनामा रहि कार्य शुभारम्भ गर्नुभएको वताउदै पछिल्लो ५ बर्षमा कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै जनप्रतिनिधि, कर्मचारीलाई धन्यवाद दिनु भयो।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत गणेश अधिकारीले अपाङ्गता भएका व्याक्तिले उत्पादनमुलक र समाजलाई के दिन सक्छन र भन्ने सोचको अन्त्य गरेको बताउनुभयो। हेरचाहका लागि उत्प्रेरणा कार्यक्रम मार्फत समाजलाई अपाङ्गता भएका व्याक्तिले पनि समाजलाई सन्चालन गर्न सक्ने सन्देश र उर्जा दिएको धारणा राख्नुभयो। वहाँले कार्यक्रम मार्फत अपाङ्गता वच्चा नजन्मियोस भन्दै सुनिश्चित भविश्यको कल्पना गरिएको बताउनुभयो।
माई नगरपालि, करुणा फाउण्डेसन नेपाल र प्रदेश सरकारको लागत साझेदारीमा सम्पन्न हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रममा वडाध्यक्ष बुद्धि खनालले नगरमा सिपमुलक, स्वावलम्बन तालिम मार्फत कार्यक्रमलाई निरन्तर अगाडि बढाईने जानकारी दिनुभयो।
करुणा फाउण्डेसन नेपालको संझौता अबधि समाप्त भई बहिर्गमित भएको कार्यक्रममा फाउण्डेसनका सहायक निर्देशक योगेन्द्र गिरी, जिल्ला वरिष्ठ व्यवस्थापक अजित योन्जन, वरिष्ठ अधिकृत अनिल रिमाल, पुर्व समुदाय संयोजक विमल दहाल र कर्मचारी कुमार श्रेष्ठलाईलाई विदाई सहित मायाको चिनो प्रदान गरिएको थियो।
माई नगरपालिका मेयर खम्बा सिं लिम्बुको अध्यक्षता, प्रशासन शाखा प्रमुख लक्ष्मण भुर्तेलको सञ्चालन र महिला बालबालिका शाखा प्रमुख बन्दना लुईटेलको संयोजनमा सम्पन्न कार्यक्रममा अपाङ्गता स्वावलम्न समितिका प्रतिनिधि, जनप्रतिनिधि, स्वास्थ्यकर्मी, कर्मचारी, सरोकारवाला ब्याक्ति लगायत ५० जनाको सहभागीता रहेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment