गोली प्रहार गरिएका जापानका पूर्वप्रधानमन्त्री आबेको निधन !

२४ असार २०७९, शुक्रबार


एजेन्सी । गोली प्रहार भएपछि गम्भीर घाइते भएका जापानका पूर्वप्रधानमन्त्री सिन्जाे आबेको निधन भएको छ । एक कार्यक्रममा भाषण गरिरहेकाे अवस्थामा सन्दिग्ध आक्रमणकारी ४१ वर्षीय एक पुरुषले उनीमाथि गाेली प्रहार गरेका थिए । त्यसलगत्तै गम्भीर घाइते भएर उपचार गराइरहेका ६७ वर्षका आबेकाे निधन भएकाे हाे ।
जापानी सञ्चारमाध्यमहरूका अनुसार भाषण गरिरहेका आबेलाई दुई पटक गोली हानिएको थियो । दोस्रो गोली उनको गर्दनमा लागेको थियो ।गोली लागेपछि उनी भुइँमा ढलेका थिए र शरीर रक्ताम्मे देखिएको थियो । तत्कालै उपचारका लागि हस्पिटल लगे पनि उनी बाँच्न सकेनन् ।
उनीमाथि आक्रमण गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको छ । जापानमा हाते बन्दुक प्रतिबन्धित मानिन्छ तर खुलेअाम भएकाे उक्त गाेली प्रहार एकदमै दुर्लभ घटना हाे ।
नारा सहरको आपत्कालीन उद्धार निकायले आबेलाई गर्दनमा दाहिनेपट्टि र काँधको देब्रे हड्डीमा चोट लागेको बताएको छ । अस्पतालमा उनलाई रगत दिइएको थियो तर हर प्रयास गर्दा पनि बचाउन नसिकएकाे जनाइएकाे छ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment