भारतबाट घटेर आयो पेट्रोलियम पद्धार्थको मूल्य

१ श्रावण २०७९, आईतवार


काठमाडौं । इन्डियन आयल कर्पोरेशन (आईओसी)ले नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि शनिबार नेपाल आयल निगमका लागि पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको हो ।
पेट्रोल प्रतिलिटर १५ रुपैयाँ ७६ पैसा र डिजल प्रतिलिटर १६ रुपैयाँ ५६ पैसा घटेर आएको निगमले जनाएको छ । हाल अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल १ सय डलर हाराहारीमा झरेको छ । एक महिनाअघि मात्रै प्रतिब्यारेल १२० डलरभन्दा माथि पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै निगमलाई केही राहत मिलेको छ ।
आईओसीले पेट्रोलियम पद्धार्थको मूल्य घटाएर पठाएपनि तत्काल उपभोक्तालाई भने सोअनुरुप लाभ नमिल्ने निगमले जनाएको छ । निगमका अनुसार यसअघिको नोक्सानीको असर परिरहेको कारण नेपालमा तत्काल पेट्रोलियम पद्धार्थको मूल्य नघट्ने भएको छ ।
हाल आयल निगमले आईओसीलाई ३१ अर्ब २० करोड रुपैयाँ तिर्न बाँकी छ । उक्त ऋण तिर्नका लागि निगमले वाणिज्य बैंक र सरकारबाट करिब १० अर्ब ऋण लिँदैछ ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment