इलामेली गायक यम बराललाई प्रियशी संगीत रजत सम्मान



इलाम । गायक यम बराललाई प्रियशी संगीत रजत सम्मान प्रदान गरिएको छ । विगत २ दशक भन्दा लामो समय देखि नेपाली संगीत क्षेत्रमा रहेका बराललाई प्रियसी म्युजिक प्रालिले आयोजना गरेको नेशनल सिल्भर अवार्ड २०२२ को अवसरमा सम्मान गरिएको हो ।
राष्ट्रिय नाचघर जमलमा आयोजित कार्यक्रममा बराल सहित गीत संगीतको क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री दिपेन्द्र श्रेष्ठले सम्मान पत्र प्रदान गरे । फिक्कलका बासिन्द बरालले गाएको ‘बादलुको घुम्टोले इलाम बजार छोपिँदा’ ‘निष्ठुरीले छाडेर गैहाली’ जस्ता गीत चर्चित छन्।
राष्ट्रिय स्तरमा ख्याती कामउन सफल गायक बरालले राष्ट्रिय , आधुनिक र चलचित्रमा गरी १ हजार बढी गीतमा स्वर दिई सकेका छन् ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment