काठमाडौंको गोठाटारमा गोली हानेर मोहम्मदको हत्या

३ आश्विन २०७९, सोमबार

काठमाडौं । काठमाडौँको कागेश्वरी मनोहरा नगरपालिका–८ गोठाटारमा गोली लागेर घाइते भएका सर्लाही हरिवन नगरपालिका–२ का ५५ वर्षीय लाल मोहम्मद दर्जीको निधन भएको छ । साेमबार साँझ  चलेको गोली लागेर घाइते भई टिचिङ हस्पिटलमा भर्ना भएका दर्जीको उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ ।
भिडियोमा घटनास्थलमा रातो टिर्सट र जिन्स लगाएर मोटरसाइकलमा आएका व्यक्तिले दर्जीलाई गोली हानेको थियो । अहिले गोली हानेर भाग्ने व्यक्तिको खोजीका लागि उपत्यकाका नाकाहरुमा कडाईँ गरिएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment