२९ भाद्र २०७९, बुधबार
झापा । झापाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउनसुगर सहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
लागूऔषधको कारोवार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–६ का २८ बर्षीय मोहन राजवंशीको कोठाबाट ५ ग्राम लागुऔषध ब्राउनसुगर बरामद गरेको हो ।
राजवंशीको कोठाबाट लागूऔषध बरामद भएसंगै उनीलाई समेत नियन्त्रणमा लिई अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ । त्यस्तै झापाकै भद्रपुर नगरपालिका–५ मेची पुल छेउबाट लागूऔषध ब्राउनसुगर सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
अस्थायी प्रहरी पोष्ट मेची पुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउँदै गरेको मे १ ह ४७३४ नम्बरको टेम्पोलाई चेकजाँच गर्ने क्रममा टेम्पोमा लुकाई छिपाई राखेको १ ग्राम ६१० मिलिग्राम लागूऔषध बरामद गरेको थियो ।
टेम्पोबाट लागूऔषध बरामद भए संगै चालक बिर्तामोड–२ का ३६ बर्षीय लोकराज राजवंशी र टेम्पोमा सवार कन्काई नगरपालिका–८ का २५ बर्षीय अजय राजवंशीलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ ।

0 comments:
Post a Comment