झापामा निर्वाचनको सुरक्षामा खटिएको सेनाको गाडी र मोटरसाइकल एकापसमा ठोक्किँदा एकको मृत्यु

 


४ मंसिर २०७९, 


झापा । निर्वाचनको सुरक्षामा खटिएको नेपाली सेनाको सवारी र मोटरसाइकल एक आपसमा ठोक्किँदा झापामा आज एक जना व्यक्तिको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक अशोक जवेगूका अनुसार आज बिहान शिवसताक्षी नगरपालिका–११ स्थित सतासी खोलाको पुलमा नेपाली सेनाले चलाएको बा १ झ १०११ नम्बरको सवारी र प्रदेश १–०१–०१२ प ३८५७ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा मोटरसाइलमा सवार व्यक्तिको मृत्यु भएको हो ।

मृत्यु हुनेमा महाभारा ३ निवासी २८ वर्षीय होमबहादुर खत्री रहेका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार खत्री नेपाली सेनाले चलाएको सवारीमा ठोक्किँदा गम्भीर घाइते भएको र उपचारका क्रममा मेची अस्पतालमा मृत्यु भएको प्रहरी निरीक्षक जवेगूले बताए ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment