स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया किशोरी बलात्कृत, २० वर्षीय गिरी पक्राउ

२६ कार्तिक २०७९, शनिबार


काठमाडौं । काठमाडौं महानगरपालिकाको वडा नम्बर १५ स्थित स्वयम्भू स्तुपा जंगलमा १४ वर्षीया एक किशोरी बलात्कृत भएकी छन् ।

प्रहरी वृत्त स्वयम्भूका अनुसार धादिङ सिद्धलेख गाउँपालिका–२ पात्ले घर भई काठमाडौं महानगरपालिका–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीले १४ वर्षीया सो किशोरीलाई बलात्कार गरेका हुन् । शुक्रबार राति १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा गिरीलाई प्रहरीले पक्राउ गरेको छ । गिरीले किशोरीलाई ललाईफकाई स्वयम्भू स्तुपा नजिकैको जंगलमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । उक्त किशोरी बलात्कृत भएको खबर प्राप्त भएसँगै प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले गिरीलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment