प्रधानमन्त्री कप क्रिकेटः अंकितको सतकमा १ नम्बर प्रदेशले बागमतीलाई दियो ३०५ रनको लक्ष्य


इलाम, १५ कार्तिकः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा १ नम्बर  प्रदेशले बागमती प्रदेशलाई ३०५ रनको लक्ष्य दिएको छ ।  त्रिवी क्रिकेट मैदानमा भई रहेको खेलमा झापाका अंकित सुवेदीको ११० रनको मद्दतमा १ नम्बर प्रदेशले  ४९.५ ओभरमा सवै विकेट गुमाउदै ३०४ रन बनाएको हो । 

अंकितले १३४ बलाको सामाना गर्दै १२ चौका र १ छक्कमको मद्दतमा ११० रन बनाएका हुन । १ नम्बर प्रदेशको तर्फबाट शिद्धान्त लोहोनीले आक्रमक व्याटिङ गर्दै ४० बलमा ७२ रन बनाए । 

बागमती प्रदेशका रामनरेश गिरीले ९.५ ओभरमा ४२ रन दिएर ५ विकेट निकालेका छन् । अहिले बागमती प्रदेश ३०५ रनको लक्ष्य पछ्याउन मैदनमा उत्रिएको छ । 

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment