इलाम, १५ कार्तिकः प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा १ नम्बर प्रदेशले बागमती प्रदेशलाई ६९ रनले पराजीत गरेको छ । त्रिवी क्रिकेट मैदानमा भएको खेलमा अंकित सुवेदीको ११० रनको मद्दतमा १ नम्बर प्रदेशले ४९.५ ओभरमा सवै विकेट गुमाउदै ३०४ रन बनाएको थियो ।
३०५ रनको लक्ष्य पछियएको बागमती प्रदेशले ४५.५ ओभरमा सवै विकेट गुमाउँदै २३५ रन मात्र बनायो ।
१ नम्बर प्रदेशका अंकितले १३४ बलाको सामाना गर्दै १२ चौका र १ छक्कमको मद्दतमा ११० रन बनाएका हुन । १ नम्बर प्रदेशको तर्फबाट शिद्धान्त लोहोनीले आक्रमक व्याटिङ गर्दै ४० बलमा ७२ रन बनाए ।
बागमती प्रदेशका रामनरेश गिरीले ९.५ ओभरमा ४२ रन दिएर ५ विकेट निकालेका छन् । अहिले बागमती प्रदेश ३०५ रनको लक्ष्य पछ्याउन मैदनमा उत्रिएको छ ।
३०५ रनको विशाल स्कोर पछ्याउने क्रममा बागमतीका कुनै पनि व्याट्समेनले लामो पारी खेल्न सकेनन् बागमती प्रदेशका नन्दन यादवले सर्वाधिक ४३ रन बनाए त्यस्तै रामनरेश गिरीले २८ रन कप्तान ज्ञानेन्द्र मल्लले २७ रन बनाएका थिए । वलिङ तर्फ १ नम्बर प्रदेशका ३ विकेट निकालेका थिए । खेलको मेन अफ दि म्याच १ नम्बर प्रदेशका अंकित सुवेदी भए ।
0 comments:
Post a Comment