हेल्स र बटलरको आँदीमा उड्यो भारतको विश्वकपको उपाधी चुम्ने सपना


इलाम, २४ कार्तिकः एलेक्स हेल्स र कप्तान जोस बटलरले शानदार ब्याटिङ गरेपछि भारतलाई १० विकेटले पराजित गर्दै इंग्ल्याण्ड अष्ट्रेलियामा भइरहेको आईसी टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ ।
एडिलेडमा भएको दोस्रो सेमिफाइनलमा भारतले दिएको १६९ रनको लक्ष्य इंग्ल्याण्डले १६ ओभरमा बिना क्षती पूरा गरेको हो ।
भारत विरुद्ध हेल्स र बटरको विष्फोटक ब्याटिङ गर्दा भारतीय बलरहरु फिका देखिएका थिए । इंग्ल्याण्डका लागि हेल्सले ४७ बल खेल्दै ४ चौका र ७ छक्का मद्तमा अविजित ८६ रन बनाए । बटलरले ४९ बल खेल्दै ९ चौका र ३ छक्का मद्दतमा अविजित ८० रन बनाए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले हार्दिक पाण्ड्या र विराट कोहलीको अर्धशतक मद्दतमा ६ विकेट गुमाएर १६८ रन बनाएको थियो ।
विष्फोटक ब्याटिङ गरेका हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर सर्वाधिक ६३ रन बनाए । कोहलीले ५० रन बनाउने क्रममा ४० बल खेल्दै ४ चौका र १ छक्का प्रहार गरे ।
कप्तान रोहित शर्माले १७ र सूर्यकुमार यादवले १४ रन जोडे । केएल राहुल ५ र ररिषव पन्त ६ रनमा आउट भए ।
इंग्ल्याण्ड क्रिस जोर्डनले सर्वाधिक ३ विकेट लिए । उनले ४ ओभरमा ४३ रन खर्चे । क्रिस वोक्स र आदिल रसिदले समान १ विकेट लिए ।
इंग्ल्याण्डले अब उपाधिका लागि पाकिस्तानसँग खेल्नेछ । पाकिस्तानले पहिलो सेमिफाइनलमा न्युजिल्याण्डलाई हराएको थियो । फाइनल खेल आइतबार मेलवर्न क्रिकेट ग्राउण्डमा हुनेछ ।
सन् २०१० को च्याम्पियन इंग्लयाण्ड तेस्रो पटक टी–२० विश्वकपको फाइनल प्रवेश गरेको हो । २०१६ को फाइनलमा भने इंग्ल्याण्ड वेष्ट इन्डिजसँग पराजित हँदै उपविजेता बनेको थियो ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment