रोङ करसोङ पदमार्गमा पर्यटकको चहपहल सँगै सरसफाई जुटे स्थानीय युवाहरु


रोङ, २८ कार्तिकः रोङ गाउँपालिकामा रहेको करसोङ पदमार्गको सरसफाई गरिएको छ । सिजन शुरुहुनसाथ पर्यटकहरुको निक्कै चाप देखिएको हासपोखरी गुगल, दैले झण्डिडाँडाको पदमार्गमा वर्षद्मा बढेको झाडी रम्भ्याङ स्पोटिङ क्लवको सक्रियातामा सरसफाई गरिएको हो ।

पदमार्गको झाडि सरसफाईमा स्थानिय ४२ जना युवाहरु खटिएका रम्भ्याङ स्पोटिङ क्लवका अध्यक्ष युवराज आचार्यले बताए । जसमा झण्डीडाडादेखी दैलेडाडासम्म बिशाल राईको नेतृत्वमा सरसफाई गरिएको थियो भने दैलेवाट पानि ट्याकि युवराज आचार्यको नेतृत्वमा सरसफाई गरिएको । बाकि खण्डमा पनि अन्य सस्था र समूहसँग सरसफाईको लागि सहकार्य गरेर पदमार्गलाई सहज बनाउने आचार्यले बताए ।

रोङ गाउपालिकाको गौरवको योजना करसोङ पदमार्गमा अहिले पनि पदयात्रीहरुको चहलपहल, सुर्योदय हेर्न आएर झण्डि र होमस्टेमा रात बिताउने साथै क्याम्पफायर गर्नेहरुको  सख्या निक्कै बढेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment