पृथ्वीमा मानिसको संख्या ८ अर्ब पुग्यो

२९ कार्तिक २०७९, मंगलवार


काठमाडौँ । मानव बसोबासको एक मात्र ग्रह पृथ्वीमा कुल जनसंख्या आज (नाेभेम्बर १५) बाट ८ अर्ब पुगेको छ । मानिसहरुको औसत आयु बढ्नुका साथै बाल मृत्युदरमा कमी आउनाले विश्वभरिको कुल जनसंख्या ८ अर्ब पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुन्टारेसका अनुसार पछिल्लो ११ वर्षको अवधिमा विश्वको जनसंख्या १ अर्बले बढेर ८ अर्ब नाघेको हो । उनले स्वास्थ्य क्षेत्रमा भएको द्रूत विकासका कारण मानिसको आयु बढेको र मातृ एवं बाल मृत्युदर घटेकोले जनसंख्या छिटो बढ्नमा मद्दत गरेको जनाएका छन् ।
यसअघि सन् २०१९ मा विश्वको औसत आयु ७२.८ वर्ष पुगेको छ । सन् २०५० मा औसत आयु बढेर अनुमानित ७७.२ वर्ष पुग्ने अनुमान गरिएको छ ।
सयुक्त राष्ट्र संघले अब विश्वको जनसंख्या ९ अर्ब पुग्नका लागि १५ वर्ष लाग्ने जनाएको छ ।
सन् २०२० मा १ प्रतिशतभन्दा तल झरेको विश्वको जनसंख्या सन् १९५० यताकै सबैभन्दा सुस्त गतिमा बढिरहेको छ। संयुक्त राष्ट्रसंघले गरेको पछिल्लो प्रक्षेपण अनुसार सन् २०३० मा विश्वको जनसंख्या ८ अर्ब ५ करोड र २०५० मा ९ अर्ब ७ करोड पुग्ने छ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment