काभ्रेमा रिजर्भ बस दुर्घटना हुँदा दर्जन बढीको मृत्यु, उद्दार कार्य जारी

 


काठमाडौं । काभ्रेको बेथानचोक गाउँपालिका–४ चलाल गणेशस्थानमा रिजर्भ बस दुर्घटना हुँदा दर्जन बढीको मृत्यु भएको छ । काभ्रे प्रहरीका अनुसार मंगलबार साँझ ६ बजेतिर बेथानथोक–५ च्याल्टीमा ब्रतबन्धनमा सहभागी भएर पनौती नगरपालिका–४ सल्ले फर्किदै गरेको बा ३ ख ४३८५ नम्बरको बस दुर्घटनामा परेको हो ।

प्रहरीका अनुसार उक्त दुर्घटनामा १३ को मृत्यु भएको छ, भने २० जना गम्भीर घाइते भएका छन् । अहिले घाइतेहरुको शिर मेमोरियल अस्पताल र धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार शिर मेमोरियलमा १४ जनाको उपचार भइरहेको छ । बसमा कति जना थिए ? भन्नेबारे यकिन नभएको प्रहरीको भनाइ छ । अहिले घटनास्थलमा नेपाल प्रहरी र नेपाली सेनाको टोलीले उद्दार कार्य जारी राखेको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment