सावारी ज्यान मुद्धामा फरार इलामका अमृत १२ वर्ष पछी झापाबाट पक्राउ


इलाम, २२ मंसिरः जिल्ला प्रहरी कार्यालय इलाममले सवारी ज्यान मुद्धामा फरार रहेका अमृत बस्नेतलाई १२ वर्ष पछि   पक्राउ गरेको छ । 
२०६७ कर्तिक ६ गते  इलाम साविक कोल्बुङ गाउँविकास समिति २ हाल रोङ गाउँपालिका ३ स्थित मेची राजमार्गमा झापाबाट  पाँचथर तर्फ आउदै गरेको  मे १ ख ९६४ नम्बरको बस दुर्घटना हुँदा बसमा सवार रहेका  इलाम साविक गोर्खे २ हाल सुर्योदय नगरपालिका १ बस्ने वर्ष ३० को बिमल कार्कीको घटना स्थलमै मृत्यु भएको  थियो । 
वस्तेतलाई सवारी ज्यान कसुर अनुसन्धान तथा कार्वाहीको सिलसिलामा घटना भए  पश्चात फरार रहेका बस चालक अमृत बस्नेत हाल  झापा अर्जुनधारा गाउँपालिका ५ मा घर बनाई बस्दै आएको भन्ने गोपय सूचनाको आधारमा उनलाई खोजतलास तथा पक्राउ गर्न इलाका प्रहरी कार्यालय पशुपतिनगर,इलामबाट प्रहरी टोली खटिइ इलाका प्रहरी कार्यालय अनारमनी झापाको सहयोगमा खोजतलास खोज तलास गरी पक्राउ गरिएको हो । बस्तेतलाई मंगलबार साँझ झापा अर्जुनधारा नगरपालिका वडा ५ स्थित आफ्नै घरमा फेला पारी पक्राउ गरी आबश्यक कार्वाहिको लागि इलाका प्रहरी कार्यालय इलाम ल्यार्ईउको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी उपरिक्षक जितेन्द्र कुमार बस्तेतले जानकारी गराए । 
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment