इलामको रोङमा देखियो लम्पि स्किन डिजिज, सचेत रहन पशु शाखाको अनुरोध

  • गोबिन्द पौडेल 

रोङ,२३ मसिरः इलामको रोङ गाउँपालिकाका किसानले पालेको गाई बस्तुमा लम्पि स्किन डिजिज देखिएको छ ।
रोङ गाउँपालिका  ५ को बहुबन क्षेत्रका किसानले पालेको गाई गोरुमा छालामा लाग्ने रोग देखिएपछि  रोङ गाउँपालिकाले सो रोगको नियन्त्रणमा  लागेपनि रोग नियन्त्रणमा नआएपछि रोग नियन्त्रणको लागि रोङ गाउपालिका पशु शाखाले पुर्वाञ्चल क्षेत्रिय पशु सेवा ल्यावमा  नमुना परिक्षण गराउन र पशु सेवा बिज्ञ केन्द्र ईलामलाई आवश्यक सहयोग माग्दै रोग नियन्त्रणमा  लिन एक सूचना प्रकाशित गरेको पशु शाखा प्रमुख मिग्मा रिन्जि शेर्पाले बताए । 


हाल रोङ गाउँपालिका वडा न ५ को बहुवनका २४ वटा गोठहरुमा देखिएको यो रोग अत्यान्तै सक्रामक भाईरस जन्य रोग हो । पहिला अफ्रिकामा देखिएको यो रोग २०१२ पछि युरोप र एसिया हुदै केहि महिना अघिमात्रै कजाकिस्थान, बगलादेश, भारत हुदै नेपालमो झापा र मोरगमा देखिएको थियो ।
गाई गोरु भैँसीहरमा देखिने यो रोगलागेमा पशुहरुमा कचेरा, फिज र सिगान निकाल्ने, छालामा गिर्खा र घाउ आउने १०४ डिग्रि फरेनहाईट ज्वरो आउने ८०  प्रतिसत दुध घट्ने गर्भ तुहिने र बाझोहुदै पशुहरु मर्ने गरेका छछ ।
लामखुट्टे झिगा,किर्नाबाट समेत सर्ने यो रोग सक्रमित पशुहरुको आवागमन ,एउटै सुईको प्रयोग र मानिसहरुको बिरामी पशुहरुसगको घुलमिलबाट निरोगी पशुहरुमा सर्ने अधिक सभावना रहेको पाईन्छ । यो रोगको लागि सचेत भएर नियन्त्रणमा लिन सकिने भएपनि हालसम्म उपचार भने नभएको कारण सचेत रहन किसानहरु थप नोक्सानि नहोस भनेर  गाउँपालिकाले सूचना प्रकाशित गरेको पशु शाखा प्रमुख शेर्पाको भनाई रहेको छ।
रोगको सूचना पाउन साथ वडाध्यक्ष दलबहादुर पुलामीले अनुगमन गरि पशुशाखा प्रमुख मिग्मा रिन्जी शेर्पा,बद्रिगोपाल आचार्य, राकेश कुमार राउत गोपाल राई, जिवन अर्याल सहितको पशु प्राबिधिक हरुको टोलिले निःशुल्क उपचार गरेको थियो ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment