५ माघ २०७९, बिहीबार
काठमाडौँ । सुन्धारास्थित सिभिल मलमा पुगेर एक युवकले आफ्नै शरीरमा आगो लगाएका छन् ।
आज (बिहीबार) बिहान सवा ११ देखि १२ बजेको बीचमा ती युवाले सिभिल मलको भुइँ तलामा आफैमाथि पेट्रोल र्छकेर आगो लगाएका हुन् । ती युवक काठमाडौँ महानगरपालिका वडा नं. १६ बस्ने २९ वर्षीय विसङ गुरुङ रहेको काठमाडौँ प्रहरीले जनाएको छ ।
उनको बेलैमा उद्धार भएकाले ज्यान भने जोगिएको छ । आगो लगाएको देख्नेबित्तिकै सिभिल मलका सुरक्षा गार्ड र अन्य स्थानीयले निभाएका थिए । घटनास्थल पुगेर प्रहरीले गुरुङलाई उद्धार गरी सुरुमा ट्रमा सेन्टरमा लगेको र पछि कीर्तिपुरस्थित मोडेल अस्पतालमा रिफर गरिएको जनाइएको छ ।
ती युवकले किन आफैमाथि आगो लगाए भन्ने कारण खुलिसकेको छैन । आगोले पोलेर उनको अनुहार र शरीरका विभिन्न भाग जलेको बताइएको छ ।
![]() |
तस्वीर : सांकेतिक |

0 comments:
Post a Comment