श्रीमतीको हत्या आरोपमा पक्राउ

 १५ माघ २०७९, आईतवार 


भोजपुर । भोजपुरको अरुण गाउँपालिका–२ का ५५ बर्षीय ज्ञानबहादुर श्रेष्ठलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
श्रीमान श्रीमती बीच घरायशी बिषयमा सामान्य बादबिबाद भएको भएको र बादबिबादकै क्रममा रिसको आवेगमा श्रेष्ठले ४१ बर्षीया श्रीमती गंगा श्रेष्ठलाई घाँटी थिचेर हत्या गरी मल खाडिमा पुरेको भन्ने सूचना पाए संगै प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले श्रेष्ठलाई पक्राउ गरेको हो ।
मादक पदार्थ सेवन गरी घर आएका श्रेष्ठले मादक पदार्थको सनकमा श्रीमतीको हत्या गरेको र हत्या पश्चात घटनालाई ढाकछोप गर्न नजिकै रहेको मल खाडीमा खाल्डो खनी पुरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment