भारतकाे ओडिसामा प्रहरीद्वारा स्वास्थ्यमन्त्रीको गोली हानी हत्या

१६ माघ २०७९, सोमबार


नयाँदिल्ली । भारत ओडिसा राज्यका एक मन्त्रीलाई प्रहरीले नै गोली हानी हत्या गरेका छन् ।
ओडिसा राज्याको झारसुगुडा जिल्ला पुगेका स्वास्थ्य मन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन् ।
मन्त्री दास एक सार्वजनिक कार्यक्रममा भाग लिन त्यहाँ पुगेका थिए ।
उनलाई गाडीबाट ओर्लने वित्तिकै प्रहरीले असिस्टेन्ट सबइन्स्पेक्टर दासेले गोली हानेको बुझिएको छ ।
गोली प्रहार लगत्तै मन्त्रीलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो । तर उनको उपचारकै क्रममा निधन भएको थियो ।
गोली हान्ने प्रहरीलाई पक्राउ गरि अनुसन्धान थालिएको जनाइएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment