भोलि देशभर सार्वजनिक बिदा

२९ माघ २०७९, आईतवार


काठमाडौं । ‘जनयुद्ध दिवस’ को अवसरमा फागुन १ गते (भोलि) सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्ध दिवसको अवसरमा सोमबार देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
२०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध दश वर्षपछि अर्थात् २०६३ मंसिर ५ गते शान्ति सम्झौतामा रुपान्तरण भएको थियो । जनयुद्ध सुरु भएको दिनको सम्झनमा फागुन १ गतेलाई ‘जनयुद्ध दिवस’को रूपमा मनाउँदै आएको छ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment