अशक्तहरुलाई सहज स्वास्थ्य सेवामा रोङ


रोङ, २१ माघः  इलामको रोङ ६ का अशक्त तथा दिर्घ रोगी र जेस्ठ नागरिकहरुको लागि सहज स्वास्थ सेवा प्रदान गरिने भएको छ ।
रोङ गाउपालिका  ६ को कार्ययोजना अनुसार स्वास्थ सस्थासम्म पनि पुग्न नसक्ने नागरिकहरुको लागि टोल र घरमै पुगेर स्वास्थ्य  सेवा प्रदान गरिने भएको हो ।
भौगोलिक रुपमा निक्कै बिकट र अलग अलग धरातल रहेको रोङ गाउपालिकावडा  ६ मा गाउपालिकाका सामाजिक समितिका सयोजक तथा वडा न ६ का वडाध्यक्ष सत्यम राई चौरासेले हाल वडाको केहि भागहरुमा घर र टोलसेवा दिईरहेको र आगामि फागुन देखि न्युनतम मासिक रुपमा नियमित घरटोल सेवा दिन स्वास्थ्य कर्मीहरुलाई आग्रह गरेका छन् रोङ ६ मा एक स्वास्थ्य चौकि,एक आधारभुत स्वास्थ्य केन्द्र र एक सामुदायिक स्वास्थ्य ईकाई रहेकोमा चार अहेब सहित ८ जना स्वास्थ्यकर्मी रहेका छन् ।
यसैगरि नवस्थापित आधारभुत स्वास्थ केन्द्र रम्भ्याङमा स्वास्थ्य ब्यवस्थापन समिति समेत गठन गरिएको छ ।सत्यम राई चौरासेको अध्यक्षतामा फुलमाया गोम्देन उपाध्यक्ष ,डुकिमाया प्रधान,नारायण प्रधान,सनिला राई लगायत नौँ  सदस्यीय  समिति बनेको कार्यलय प्रमुख बिकाश गजमेरले बताए । हाल सो स्वास्थ्य केन्द्रबाट दैनिक २० जना बढिले बिभिन्न स्वास्थ्य सेवा लिने गरेका छन्

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment