काठमाडौं ‘लाइफलाइन’ क्षेत्र नै तनावग्रस्त

२ फाल्गुन २०७९, मंगलवार


काठमाडौं । ट्राफिक जरिमानाविरुद्ध यातायात मजदुर आन्दोलनमा उत्रिएका छन् । ‘ट्राफिक जरिमाना महँगो भएको’ भन्दै प्रदर्शनमा उत्रिएका यातायात मजदुरले आज मंगलबारदेखि काठमाडौं उपत्यकामा अनिश्चितकालीन सार्वजनिक यातायात बन्द घोषणा गरेका हुन् ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघका अध्यक्षले संयुक्त विज्ञप्ति जारी गर्दै माग पूरा नभएसम्म उपत्यकाका सवारीसाधन बन्द गरिने जनाएका हुन् ।
ट्राफिक प्रहरीले ऐनविपरीत जरिमाना असुल्ने, चालकको लाइसेन्स निलम्बन गर्ने, प्रदूषणका नाममा रकम असुलीलगायत मनोमानी गरेको उनीहरूको आरोप छ । यसअघिसमेत ट्राफिक प्रहरीले जरिमानाका नाममा मनोमानी गर्ने गरेको भन्दै उनीहरूले यातायात ठप्प पार्ने चेतावनी दिँदै आइरहेका थिए ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले यातायात मजदुरले उठाएका माग तत्कालै सम्बोधन गरिनुपर्ने बताए । उनले कानुन संशोधनलगायतका नीतिगत विषय सम्बोधन गर्नेगरी उच्चस्तरीय कार्यदल बनेर काम अघि नबढ्दासम्म आन्दोलन नरोकिने जानकारी दिए । यो खबर आजको राजधानी दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment