करेन्ट लागेर महिलाको मृत्यु


ताप्लेजुङ। ताप्लेजुङको आठराई त्रिबेणी गाँउपालिका-२ सिमलबोटेमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ३९ बर्षीय सुकमाया श्रेष्ठ रहेकी छन् । बाख्रा चराउन गएकि सुकमाया अबेर सम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा घरभन्दा करिव आधा किलोमिटर टाढा करेन्ट लागि मृत अबस्थामा फेला परेकि हुन ।
बारीमा लत्रिएर रहेको बिजुलीको नाङ्गो तारमा छुन पुक्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा सुकमाया फेला परेको भनि स्थानियले अस्थायी प्रहरी चौकी फुलबारीमा जानकारी गराउना साथ तत्काल जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी निरीक्षक समेतको प्रहरी टोली खटि घटना सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment