इलाम, २ फाल्गुनः नेपाली ओपनर ओपनर कुशल भुर्तेलको सानदार सतक शतक र कप्तान रोहितकुमार पौडेलको अर्धसतकमा अनि करण केसीले वलिङमा पञ्जा खोल्दा नेपालले नामिबियामाथि जित निकालेको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक शृंखलाको पहिलो खेलमा टस हारेर व्याटीङको निम्तो पाएको नामिबियाले मंगलबार घरेलु टोली नेपाललाई २८६ रनको लक्ष्य दिएको थियो । भुर्तेलको ११५ रनको मदतमा नेपालले ४७.४ ओभरमा ८ विकेटको क्षतिमा जित निकालेको हो ।
नेपालले एक दिवशिय क्रिकेटमा जितका लागि बनाएको यो अहिलेसम्मकै सवार्धिक स्कोर हो । नेपालले यसअघि २०१९ मा युएईविरुद्ध २५५ रनको लक्ष्य पूरा गर्दै जित निकालेको थियो भने जुनमा अमेरिकाविरुद्ध २७५ रनको लक्ष्य पछ्याउँदा स्कोर टाई गरेको थियो ।
गत वर्ष त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा पपुवा न्युगिनीविरुद्ध २९३ रनको लक्ष्य पछ्याएको नेपाल २८६ रन बनाउँदा पराजित भएको थियो ।
नेपालका लागि भुर्तेलले ११५ रन बनाउने क्रममा ११३ बल खेल्दै १० चौका र ४ छक्का प्रहार गरे । उनी नेपालाई जीतका लागि ३ रन चाहिको अवस्थामा आउट भए ।
नेपालको जितको लागि भुर्तेल र कप्तान रोहितकुमार पौडलको जोडीले तेस्रो विकेटका लागि १३३ रनको साझेदारी गरे । नेपाको एक दिवशिय क्रिकेटको सर्वाधिक रनको साझेदारी हो यस अघि दीपेन्द्र र देव खनालले १२९ रनको साझेदारी गरेका थिए ।
रोहितले ७६ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा ७२ रन बनाए । उनले नामिबियाविरुद्ध ५५ रन जोडेपछि नेपालका लागि ओडीआईमा एक हजार रन पूरा गरेका थिए ।
कुशल मल्ल ६ र दीपेन्द्र सिंह ऐरि ७ रनमा आउट हुँदा नेपालको स्कोर २१२–५ थियो । रुबेन ट्रम्पलमेनले रोहित, कुशल मल्ल र दीपेन्द्रलाई लगातार आउट गरेपछि नामिबियाले खेलमा पुनरागमन गर्ने प्रयास गरेको थियो ।
चार वर्षपछि पहिलो पटक ओडीआई खेलेका सन्दीप जोरासँग भुर्तेलले ४९ रनको महत्वपूर्ण साझेदारी गरे । जोराले २४ बल खेल्दै ३ चौका र १ छक्का मद्दतमा २८ रन जोडे ।
जोरा आउट भएपछि क्रिजमा आएका करण केसीले ब्याटिङमा पनि छक्का चौका प्रहार गरे । तर नेपाल जित नजिक पुगेका बेला भुर्तेल व्यक्तिगत ११५ रनमा आउट भए । करण केसीले १२ बल खेल्दै १ चौका र २ छक्का मद्दतमा अविजित २० रन बनाए ।
त्यसपछि आएका सोमपाल कामीले चौका प्रहार गर्दै नेपालको जित पक्का गरे ।
नामिबियाका लागि रुबेन ट्रम्पलमेन र जान निकोल लोफ्टी एटोनले ३–३ विकेट लिए । बर्नानर्ड स्कोल्ट्ज र तांगेनी लुंगामेनीले समान १ विकेट लिए ।
टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाको सुरुवात राम्रो थिएन । तर ११औं ओभरभित्रै दुवै ओपनर आउट हुँदा ४५–२ को अवस्थामा रहेको नामिबियाको इनिङ्स चितेल भान लिगेन र कप्तान जेर्हार्ड एरासमसले सम्हाले । दुबैले तेस्रो विकेटका लागि १२४ रनको साझेदारी गरे ।
त्यसअघि लो हान्ड्रे लाउरेन्स ५ र कार्ल बिर्केन्स्टोक १३ रन बनाएर आउट भएका थिए ।
भान लिगेनले १३७ बल खेल्दै ९ चौका र ५ छक्का मद्दतमा १३३ रन बनाए । भान लिगेनले ओडीआईमा तेस्रो शतक हो भने नेपाल विरुद्ध उनले लिग टु मा लगातार दोस्रो शतक प्रहार गरेका हुन् । यसअघि डिसेम्बरमा नामिबियामै भएको लिग टु खेलमा उनले नेपाल विरुद्ध १२१ रन बनाएका थिए ।
तेस्रो ओभरै तेस्रो नम्बरमा ब्याटिङ गरेका भान लिगेनलाई नेपालका करण केसीले ४७औं ओभरमा दीपेन्द्र सिंह ऐरीको हातमा क्याचआउट गराएका हुन् । यस्तै कप्तान एरासमसले ७९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ५६ रन जोडे । विकेटकिपर जान ग्रीनले १९ बलमा ३४ रन बनाउदा ४ चौका र १ छक्का प्रहार गरे ।
नेपालका लागि करण केसीले १० ओभरमा १ मेडन राख्दै ६१ रन खर्चेर सर्वाधिक ५ विकेट लिए ।
सन्दीप लामिछानेले ३ विकेट लिए । बलात्कारको आरोपमा जेल परेर धरौटीमा छुटेका उनी विवादका बीच यस खेलमार्फत मैदान फर्किएका हुन् ।
१० ओभर बलिङ गरेका उनले उनले ६६ रन खर्चिए । उनले आफ्नो दोस्रो बलमै विकेट लिएका थिए । बाँकी दुई विकेट भने ४९औं ओभरको पहिलो र अन्तिम बलमा लिएका थिए । सोमपाल कामीले र कुशल मल्लले १–१ विकेट लिए ।
0 comments:
Post a Comment