लागूऔषध गाँजा बोकेको पिकअप सहित दुई जना पक्राउ

 १ फाल्गुन २०७९, सोमबार 


सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिका–६ बाट लागूऔषध गाँजा बोकेको पिकपगाडी सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
राजगञ्ज सिनवारी– कप्तानगञ्ज स्थित भित्री सडक खण्डमा इलाका प्रहरी कार्यालय देवानगञ्जबाट खटिएको गस्ती टोलीले को १ ज १६६१ नम्वरको अम्लिसोको कुचो बोकेको पिकअप गाडीलाई शंका लागि चेक जाँच गर्ने क्रममा कुचो भित्र लुकाई राखेको ३ सय ५० किलोग्राम (७ बोरा) गाँजा बरामद गरेको हो ।
लागूऔषध गाँजा बरामद भए संगै गाडी चालक धरान–१६ सुनसरीका २७ बर्षीय पुर्णबहादुर राई र सहचालक बिजय राई समेतलाई पक्राउ गरिएको छ । गाँजा बोकेको पिकअप गाडी सहित पक्राउ परेका दुबै जनाको जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment