ब्राउन सुगरसहित एक जना पक्राउ

 ३ फाल्गुन २०७९, बुधबार


मोरङ। मोरङको सुन्दरहरैचा नगरपालिका–१० खोर्साने चोकबाट प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
खोर्साने चोकमा फास्टफुट सञ्चालन गरी बस्दै आएका २८ बर्षीय सुरज थापा मगरले लागूऔषध सेवन तथा बिक्रिबितरण गर्दै आईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बिराटचोकबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा उनको साथबाट २.२८ मिलिग्राम ब्राउन सुगर र १ थान मोबाईल फेला पारी पक्राउ गरेको हो ।
ब्राउन सुगरसहित पक्राउ परेका मगरको इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान गरिरहेको बताइएको छ ।


प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment