तरकारीले बजार मूल्य नपाएपछि किसानले सडकमा फाले तरकारी

२० माघ २०७९, शुक्रबार


काठमाडौं । भारतबाट तरकारी आयात गर्दा स्वदेशी तरकारीले बजार मूल्य नपाएको भन्दै चितवनमा किसानहरुले उत्पादन गरेको तरकारी सडकमा फालेर विरोध जनाएका छन् ।


शुक्रबार चितवनका तरकारी उत्पादक किसानहरुले आफूहरुले उत्पान गरेको तरकारीले बजार मूल्य नपाएको भन्दै नारायणगढको पुल्चोकमा तरकारी फालेर विरोध जनाएका हुन् ।
स्वदेश तरकारी उत्पादनलाई प्राथमिकता नदिएर भारतीय तरकारीको आयात गरिएपछि स्वदेशी किसान मारमा परेको भन्दै किसानहरु विरोध जनाएका छन् । किसानहरुले भारतबाट तरकारी आयात भएपछि स्वदेशी बजारमा तरकारीले मूल्य नपाएको भन्दै नारायणगढ पुल्चोकमा गोलभेडा, काउली, बन्दा, पर्वर लगायतका तरकारी फालेका छन् 


यसबारे किसानहरुले सरकारलाई पटकपटक समस्या सुनाए पनि पटक्कै नसुनेको उनीहरुको गुनासो छ । साथै, स्वदेशी तरकारीलाई सरकारले प्रवद्र्धनमा सहयोग नगरेकोमा उनीहरुको दुःखेसो छ ।
बारीमा जाउँ भविष्य छैन, खाडीमा जाउँ उमेर छैन, नेपाली किसान मार्न पाइँदैन, विदेशी तरकारी र फलफूल चाहिँदैन लेखिएको प्लेकार्ड र ब्यानर बोकेर किसानहरुले विरोध गरेका छन् ।
प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment