कोदालाको पासोले हानेर बुबाको हत्या, छोरा र श्रीमती पक्राउ


दाङ । जिल्लाको बंगलाचुली गाउँपालिकामा श्रीमती र छोराको कुटाइबाट एक पुरुषको मृत्यु भएको छ ।
प्रहरीका अनुसार बंगलाचुली २ मर्पेसका ३५ वर्षीय रेशम सुनारको हत्या भएको हो । उनको हत्या मंगलबार राति श्रीमती र छोरामार्फत भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको हो ।
रेशमलाई कोदालोको पासाले टाउकोमा हानी हत्या गरिएको अवस्थामा फेला पारिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
रेशमले मदिरा सेवन गरेर श्रीमती र छोरासँग विवाद भएपछि उक्त घट्ना हुन पुगेको बताइएको छ ।
अहिले मृतकको शव पोष्टमार्टमका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा राखिएको जनाइएको छ ।
घटनाको बारेमा थप अनुसन्धानका लागि ३६ वर्षीया श्रीमती चन्द्रा सुनार र १७ वर्षका छोरा शिवराजलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

About Maipokhari news

माइपोखरी न्यूज डटकम सम्बाददाता

0 comments:

Post a Comment